+
Search

ताजा अपडेट +

पपुलर +

अजिरकोट गाउँपालिकामा मेड नेपालद्वारा स्वास्थ्य सामग्री सहयोग

4KNationalDaily
२०७७ जेष्ठ २१, बुधबार १८:४९ बजे

गोरखा- अजिरकोट गाउँपालिकामा मेड नेपाल नामक सामाजिक संस्थाले कोरोना रोकथाम तथा नियन्त्रणमा प्रयोग गरिने विभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोग स्वरुप गाउँपालिका स्वास्थ्य शाखा मार्फत हस्तान्तरण गरेको छ ।

गाउँपालिकाको वडा नम्बर ५ मुच्चोकमा विगत वि.स. २०७२ सालको विनाशकारी भुकम्प पश्चात कार्यरत आइ एम स्वीडिश डिभेलपमेन्ट पार्ट्नरको आर्थिक सहयोग र मेड नेपालको प्राविधिक तथा व्यवस्थापकिय सहयोगमा संचालित उक्त संस्थाले विश्वव्यापी रुपमा फैलिएको कोरोना अर्थात कोविड -१९ को रोकथाम र नियन्त्रणमा सहयोग गर्ने अभिप्रायले कोरोना रोकथाम तथा नियन्त्रणमा मा प्रयोग गरिने विभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोग गरेेेको हो ।

 

सहयोग गरिएका स्वास्थ्य सामाग्रीहरुमा पिपिइ सेट १० थान, ह्यान्ड स्यानिटाइजर ५ लिटर, थर्मल गन ३ वटा, मेडिकल मास्क २ हजार वटा, ग्लोब्स २० बक्स, के एन ९५ मास्क ३० वटा तथा ह्यान्ड एण्ड स्यानिटाइजर ४ हजार ७ सय २० लिटर ( २३६ लिटर / २० वटा) रहेका छन् ।

गाउँपालिका अध्यक्ष फणीन्द्र धितालको विशेष उपस्थितिमा अजिरकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडी मार्फत मेड नेपाल प्रतिनिधि कृष्ण कुमारी भट्टराईद्वारा उक्त सामग्रीहरु हस्तान्तरण गरिएको मेड नेपाल स्रोतले जनाएको छ ।

कार्यक्रममा अजिरकोट गाउँ पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सिताराम पन्त, अन्य जन प्रतिनिधिहरु लगायतको उपस्तिथि रहेको थियो।

स्वास्थ्य सामग्री ग्रहण पश्चात् अध्यक्ष धिताल तथा स्वास्थ्य प्रमुख दवाडीले विगत लामो समयदेखि अजिरकोट ५ मुच्चोकमा कार्यरत उक्त संस्थालाई विशेष धन्यवाद दिदै हस्तान्तरण गरिएको सामानहरुको आवश्यकता अनुसार समुचित प्रयोग गरिने र वडा नम्बर ५, मुच्चोकलाई बढी प्राथमिकता दिने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

मेड नेपालको उक्त सहयोगले वितरित सामाग्रीहरुको समुचित प्रयोग गरिएमा  पालिकालाई  विश्वव्याापी महामारीको रुपमा फैलिएको कोरोना ( कोविड-१९) रोकथाम र नियन्त्रणमा थप बल पुग्नेे  र दूर दराजमाा रहेका नागरिकहरु लाभान्वित हुने अजिरकोटका नागरिक अगुवा हरुको ठम्याइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily