+
Search

ताजा अपडेट +

पपुलर +

हंसपुरका युवाले गरे कोरोना बिरुद्ध बच्न जनचेतनामूलक कार्यक्रम

4KNationalDaily
२०७७ जेष्ठ १७, शनिबार १८:०९ बजे

गाेरखा- आज विश्वभर फैलिएको कोरोना भाइरसका कारण सारा विश्व समुदाय नै आक्रान्त भएको विकराल अवस्थामा  अजिरकोट गाउँपालिका वडा नम्बर ३ हंसपुरमा कोरोना विरुद्धको जनचेतनामूलक कार्यक्रम गरेका छन् ।

प्रगतिशील यूवाहरुको समुहले स्था कोरोनाबाट आगामी दिनहरुमा कसरी बच्ने र महामारीको सामना कसरी गर्ने भन्ने सन्दर्भ जनचेतना मुलक कार्यक्रम गरेका हुन् ।

युवाहरुको आफ्नै सहभागिता र सकृयतामा स्वैच्छिक रुपमा रकम सङ्कलन गरि कठिनाइमा परेका दैनिक मजदुरी गरी गुजारा चलाउदै आएका मजदुर, गरिब र विपन्न, दलित परिवारका घर घरमा पुगेर साबुन, चिनी लगायत सामानहरु वितरण समेत गरेका छन् ।

स्थानीय सरकार समेत यस्तो महामारीका बेला मौन रहेको अवस्थामा गैरी गाउँ टोल, पूर्ण गाउँटोल, दलित टोल, बौवा, ठाडो स्वारा, तीनथरे  भच्चेक बजार वरिपरि रहेका करिब ३ सय घरधुरी लाभान्वित भएको स्थानीय युवा रामशरण अधिकारीले जानकारी दिए ।

वर्तमान जटिल अवस्थामा पनि स्थानीय सरकारले समेत गम्भीर ध्यान पुर्याउन नसकेको अवस्थामा स्थानीय सचेत युवाहरुबाट यस्तो सचेतनामुलुक कार्य गरिनु र थोरै राहत समेत वितरण गरिनु अत्यन्तै सकारात्मक भएको स्थानीयहरु बताउछन् ।

स्थानीय सामाजिक अगुवाहरु भने हामी यसै गरी सबै एकजुट हुने हो भने विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना बिरुद्ध लड्न सफल भइने बताउछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily