+
Search

ताजा अपडेट +

पपुलर +

नेपालमा लकडाउन कति प्रभावकारी?

4KNationalDaily
२०७७ जेष्ठ १३, मंगलवार ०७:१९ बजे

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) को प्रभाव नेपालमा बढ्ने क्रम जारी छ। सरकारले संक्रमण नफैलियोस् भनेर सीमा नाका सिल गर्नेदेखि अनेकौं प्रयास गर्दै आएको छ।

कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले पनि उपत्यकामा संक्रमणको जोखिम बढ्ने औंल्याएपछि गृह मन्त्रालयले उपत्यकाका नाकासमेत सिल गरेको हो।

तर, सवारी साधन र सर्वसाधारण उपत्यका छिर्ने र बाहिरिने क्रम रोकिएको छैन। विभिन्न नाकाबाट दैनिकजसो ३ हजारको संख्यामा यात्रु र १५ सयभन्दा बढी सवारी साधन उपत्यकामा भित्रिँदै आएका छन्। त्यसैगरी दैनिक ३ हजार ५ सय यात्रु र १ हजार ४ सय सवारी साधन बाहिरिँदै आएका छन्।

पछिल्ला दिनमा सरकारले यात्रु भित्रिने र बाहिरिनेमा केही कडाइ गरेको देखिन्छ। गत चैत ११ देखि जेठ १० गतेसम्मको यात्रु र सवारी साधन भित्रिने र बाहिरिने आँकडा हेर्दा १ लाख ५३ हजार ५ सय ८७ यात्रु उपत्यका भित्रिएका छन्।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार सबैभन्दा बढी वैशाख २९ र ३० गते यात्रु भित्रिएका थिए। वैशाख २९ गते ७ हजार ४ सय ३२ र ३० गते ७ हजार ९ सय ४५ जना उपत्यकामा भित्रिएको देखिन्छ। त्यसैगरी वैशाख १, १०, ११, १३, १४ गते धेरै यात्रु उपत्यकाबाट बाहिरिएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलका अनुसार यो मितिमा १ गते १५ हजार १ सय ६५, ११ गते १७ हजार २ सय ७९, १३ गते १२ हजार ४ सय १३ र १४ गते १ हजार ७ सय ७ जना उपत्यकाबाट बाहिरिएको अभिलेख छ।

‘प्रहरीको आँखा छलेर रातारात पैदल हिंड्ने यात्रु यो अभिलेखमा जोडिएको छैन’, उनले भने, ‘अधिकांश पास भएका र अत्यावश्यक कामले भित्रिएका र बाहिरिएका यात्रुको अभिलेख समावेश गरिएको छ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily