ऐन महर जि नमस्कार,
सर्वप्रथम तपाईंको बौद्धिकतालाई सम्मान,
तपाईंले डा. बाबुराम भट्टराईलाई प्रयोग गरेको ‘श्रद्धाञ्जली’को शब्दको रिप्लाई गर्ने मेरो औंठा छापको शैक्षिक योग्यता र मेरो चेतनाले दिएन माफ गर्नु होला ।
तपाईंको शैक्षिक योग्यता सग मेरो तुलनात्मक रुपमा कत्ति मेल खादैन गल्ती तपाईंको होइन ।
तपाईंको पार्टी अध्यक्षको महाबाणीको हो बौद्धिक ब्यक्ति,प्रतिपक्ष आवाज, फरक मत राख्ने आफ्नै पार्टीको नेता र नेतृत्व किन नहोस् उहाँहरुलाई अरिङ्गाल बनेर चिल्नु पर्छ भन्ने,अध्यक्ष केपि ओली सरको स्कुलिङ हो,ऐन महर जि तपाईको गल्ती छैन, तपाईंलाई बधाई !
ऐन महर जि,
तपाई मात्रै होईन, वर्तमान पर्यटन मन्त्रीलाई सोध्नु चर्चित भित्तेकाण्ड के हो भनेर, बाबुरामलाई अरिङ्गाल सेनाले बाकी राखेका त होइनन्, म कत्ति अपमान नगरी सम्मान गर्ने हिम्मत राख्छु ।
तपाईको इतिहास थोरै मलाई थाहा छ, तपाई विपक्ष फरक मत राख्ने विद्यार्थीलाई सामाजिक रूपमा आक्रमण र भौतिक आक्रमण गरेर सिध्याउने पछिल्लो ज्ञान बिज्ञानलाई सत्तोसराप गरेर विद्यार्थी नेता बन्नु भयो ।
अब पार्टीको नेतृत्व तहमा पुग्न अत्यास लागेको छ।
मलाई थाहा छ ।
तपाईलाई कानुन लाग्दैन कानुन नै लाग्ने भए तपाई लकडाउनको बेला बाबुरामको विरुद्ध नारा जुलुस गर्दा नै लाग्नु पर्ने किनकी सरकार तपाईंको पार्टी नेतृत्वको छ ।
कानुन न्यायलयमा तपाईंको राजनीतिक दलको ट्रेड युनियनको पार्टीलाई लेबि बुझाउने ब्यक्ति हुनुहुन्छ।
ऐन महर जि,
मौसमि राष्ट्रियता अनावृष्टि,अल्पवृष्टि र अतिवृष्टिमा रूमल्लिदा अन्धराष्ट्रवादी र उग्रराष्ट्रवादीहरू सजिल्यै चिनीने छ।
कृष्णले बाँसुरी बजाउदा गोपिनिहरू नाचे झै ननाचे हुन्छ,किनकि १६०० गोपीनि नचाएर अन्त्यमा राधा बिहे गरे,माफ गर्नुस महर जि तपाईंलाई राष्ट्रबादी र गज्जबले देखे देशभक्ती रत्तिभर देखिन राष्ट्रबादी भन्दा देश भक्ती बन्नुस भलो हुनेछ ।
ऐन महर जि,
संसदमा सर्वप्रथम लिपुलेकमा भारतले सडक बनाएकोमा बिरोध गर्दै आवाज उठाउने उनै डा. भट्टराई हुन्।
१६ कार्तिकमा भारतले एकपक्षीय नक्सा सार्वजनिक गरेपछी कार्तिक २३ गते प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा नेपालले पनि तत्काल नक्सा जारी गर्नुपर्ने सुझाव दिने डा.भट्टराईले उल्टै गाली खानुपर्ने? तपाईंले श्रद्धाञ्जली दिनु पर्ने ?
तपाईको बौद्धिकता प्रती नमन
ऐन महर जि
आउनुहोस् बहस गरौ!!
•डा.बाबुराम भट्टराईले २०४७ सालमा एमालेको नेता अगाडि राखेर संविधानसभाबाट जनताले प्रत्येक्ष चुनेको जनप्रतिनिधिबाट संविधान बन्नु पर्छ भन्ने दस्तावेज सार्वजनिक म त जन्मेको थिइन् तपाई सायद जन्म लिनु भएको थियो होला।
•डा.भट्टराईले अभिव्यक्ति स्वतन्त्रताको लागि दस्तावेज सार्वजनिक गर्दा त तपाई पक्कै जन्मेको हुनुहुन्थ्यो होला तपाईंलाई धेरै भाग्यमानी हुनुहुन्छ आफ्नो स्वतन्त्र अभिव्यक्तिले तपाई कानुनी कठघरामा हुनुहुन्न ।
•म औंठा छापको शैक्षिक योग्यता भएको ब्यक्तिलाई समेत थाहा छ,नेकपा एमालेले पुष्पलाललाई गद्दार भनेर देश निकाल्न सम्म पछि नपरेका हुन,किनकि पुष्पलाल कम्युनिष्ट पार्टीको जन्मदाता थिए ।
• ऐन महर जि,संसार कहाँ पुग्यो, ज्ञान बिज्ञानको आविष्कार कहाँ पुग्यो,तपाईं चेतना स्तरलाई सम्मान गर्छु।म सर्वसाधारणको हैसियतले न तपाईको पार्टीको नेतृत्व गर्ने केपि ओली चिन्छु न डा.बाबुराम भट्टराई, मात्रै म चिन्दछु त पछिल्लो ज्ञान बिज्ञानको अबधारणा दिने ब्यक्ति आ-आफ्नो बिकास र समृद्धिको खाका कोर्ने,नेपालका उत्कृष्ट, अब्बल र सक्षम अर्थशास्त्री हुन बाबुराम!
•सक्षम नेता र नेतृत्वमा हुनुपर्ने योग्यता बाबुरामसँग छ PHD in architect engineer, PHD in regional development planning त्यो पनि “जवाहर नेहरु विश्वविद्यालयबाट सर्वौत्कृष्ट,कुनै विद्यार्थी उतीर्ण हुनु र सर्वोत्कृष्ट हुनुको फरक पनि बुझ्नुपर्दछ। मलाई लाग्दैन कि नेपालमा वा एसियामा नै अन्य पात्र र व्यक्ति बाबुराम बराबर होलान?डा.बाबुराम भट्टराई बिश्वको १० उत्कृष्ट बिश्वविद्यालयमा प्रशिक्षण दिने हैसियत राख्छ्न धर्य गर्नुस,
•ऐन महर जि,मैले जनताको बहुदलीय जनवाद धेरै पढिन तर थोरै ज्ञान छ,तपाईंले बौद्धिक ब्यक्तिहरु माथी प्रयोग गरेका शब्दले जननेता मदन भण्डारीले तपक्क आशु खसाले होला,मेरो स्कुलिङलाई कति बदनाम गरे भनेर,
•ऐन महर जि,जलाइदिनुहोस् माक्र्सवादका सिद्धान्तहरु,मैले बुझेको माक्र्सवाद भनेको “दुनियाँलाई बदल्ने दर्शन हो” तपाईले नेतृत्वबाट पाएको प्रशिक्षण र माक्र्सवादमा कत्ती मेल खादैन माक्र्स आफैले भनेका छ्न बिचार र दर्शन भनेको कुनै जडशुत्र होईन,दार्शनिकहरुले संसारको ब्याख्या मात्रै गरेका छ मुख्य कुरा बदल्ने हो”
• ऐन महर जि,अब जलाइदिनुहोस् जनताको बहुदलीय जनवाद नामक दस्तावेज,र अध्यक्ष प्रचण्ड सग सोध्नु बाबुराम भट्टराईले लेखेको २१ औ सताब्दिको जनवाद नामक दस्तावेज छ, त्यो पनि जलाउनु,
• ऐन महर जि,मैले तपाईको पार्टी अध्यक्ष केपि ओलीको जिवनी र मार्गदर्शन सिद्धान्त मात्रै होइन,प्रख्यात राजनीति बाराक ओबामा, अब्राहम लिंकन, नेलसन मण्डेला र बैज्ञानिकहरु स्टीफेन हाकिङ,
अल्बर्ट आइन्स्टाइन, न्यूटन जस्ता ब्यक्तिको जिवनी र उनीहरुले गरेको आबिस्कार पढ्ने अबसर पाएको छु किनकी बिज्ञानले आज मलाई त्यो अबसर दिएको छ।
ज सम्म स्टीफेन हाकिङ,अल्बर्ट आइन्स्टाइनले कसैलाई छुद्र वचलले गाली गरेको किताब पढ्न पाएको छैन,चिन्तक बौद्धिक ब्यक्ति, बैज्ञानिकले कसैको विरुद्ध बोलेर होइन रुपान्तरण गरेर विकल्प दिन चाहान्छ्न।
म बिज्ञानमा बिश्वास गर्छु श्रमलाई सम्मान गर्छु, कुनै नेताको चाकाडी गर्ने हैसियत राख्दिन तेसैले म बिदेशीमा छु!!तपाईंको भलो होस्,तपाईंको जय होस तपाईंलाई दिर्घायु, उत्तरोत्तर प्रगतिको कामना ।
‘उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर। फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र।’
प्रतिक्रिया