+
Search

ताजा अपडेट +

पपुलर +

विश्वभर कोरोना : ५० लाख ९७ हजार संक्रमित, ३ लाख ३२ हजारको मृत्यु

4KNationalDaily
२०७७ जेष्ठ ९, शुक्रबार ०८:०१ बजे

काठमाडौं– विश्वभर कोरोना संक्रमितको संख्या ५० लाख ९७ हजार ९ सय ४४ पुगेको छ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १५ लाख ७६ हजार ५ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, रुसमा ३ लाख १७ हजार ५ सय ५४, ब्राजिलमा ३ लाख १० हजार ८७, बेलायतमा २ लाख ५२ हजार २ सय ४६, स्पेनमा २ लाख ३३ हजार ३७, इटालीमा २ लाख २८ हजार ६, फ्रान्समा १ लाख ८१ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ।

छिमेकी मुलुक भारतमा १ लाख १८ हजार २ सय २६ जनामा संक्रमण पुष्टि भएको छ। सर्वाधिक संक्रमण देखिएका देशको सूचीमा भारत ११औं स्थानमा छ।

विश्वभर ३ लाख ३२ हजार ४ सय २५ जनाको संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ९४ हजार ६ सय ६१ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, बेलायतमा ३६ हजार १ सय २४, इटालीमा ३२ हजार ४ सय ८६, फ्रान्समा २८ हजार २ सय १८, स्पेनमा २७ हजार ९ सय ४०, ब्राजिलमा २० हजार ४७ जनाको मृत्यु भएको छ।

भारतमा मृत्यु हुनेको संख्या ३ हजार ५ सय ८४ पुगेको छ।

विश्वभर १९ लाख ४६ हजार ३ सय १२ जना संक्रमित अहिले संक्रमणमुक्त भइसकेका छन्।

संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा पनि सर्वाधिक छ। त्यहाँ २ लाख ९८ हजार ४ सय १८ जना संक्रमणमुक्त भएका छन्।

त्यस्तै, जर्मनीमा १ लाख ५८ हजार ८७, स्पेनमा १ लाख ५० हजार ३ सय ७६, इटालीमा १ लाख ३४ हजार ५ सय ६०, ब्राजिलमा १ लाख २५ हजार ९ सय ६०, टर्कीमा १ लाख १४ हजार ९ सय ९० जना संक्रमणमुक्त भएका छन्।

भारतमा ४८ हजार ५ सय ५३ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि ४ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ४९ जना संक्रमणमुक्त भइसकेका छ्न्।

नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३ पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily