+
Search

ताजा अपडेट +

पपुलर +

भारतले नेपाललाई भन्यो : हाम्रो सार्वभौमिकता र भौगोलिक अखण्डतालाई सम्मान गर

4KNationalDaily
२०७७ जेष्ठ ८, बिहीबार ०७:३७ बजे

काठमाडौँ- नेपालले नयाँ राजनीतिक नक्सा जारी गरेपछि भारतले त्यसलाई अस्वीकार गर्ने जनाएको छ ।

बुधबार नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको छ ।

नेपालको परिमार्जित नक्साबारे गरिएको पत्रकारहरुको प्रश्नमा जवाफ दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सो कुरा बताएका हुन् ।

उनले भने, ‘नेपाल सरकारले जारी गरेको परिमार्जित नक्सामा भारतीय भूमिको हिस्सा समावेश गरिएको छ । यो एकपक्षीय कदम ऐतिहासिक तथ्य र प्रमाणका आधारमा छैन ।

यो सीमा समस्यालाई कुटनीतिक छलफलको माध्यमबाट समाधान गरिने दुई पक्षीय समझदारी विपरित रहेको छ । यो भौगोलिक दाबीको कृत्रिम विस्तारलाई भारतले स्वीकार गर्दैन ।’

उनले अगाडी थपे, ‘नेपाल यो विषयमा भारतको अडानबारे जानकार रहेको छ र यस्तो अनुचित दाबी नगर्न नेपाल सरकारलाई आग्रह गर्दछौँ ।’ उनले नेपाल सरकारलाई भारतको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई सम्मान गर्न पनि आग्रह गरेका छन् ।

उनले नेपालको राजनीतिक नेतृत्वले सीमाबारे विवाद सुल्झाउन कुटनीतिक छलफलका लागि सकारात्मक वातावरण तयार गर्ने आशा पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily