+
Search

ताजा अपडेट +

पपुलर +

बामपंथी आन्दोलन : जबज, भण्डारी र आश्रितको सम्झनामा

4KNationalDaily
२०७७ जेष्ठ ३, शनिबार ०९:४६ बजे

आज जेठ ३ नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको २७ वर्ष पुगेको छ ।

२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा भण्डारी र आशमदन भण्डारीको २७ औ पुण्य तिथि जेष्ठ ३ गते उनका सहकर्मि र बिचार बोध कर्तालाई भावुक बनाई दिन्छ ।

उनले कम्युनिष्ट आन्दोलन लाई विश्व पुजिबादमा नयां ढंगले परिभाषित गरे र करीब तीन दशक नेपाली कम्ययुनिष्ट आन्दोलन लाई लोकतान्त्रिकरण गरे ।

बिचार र भाबुकताको राजनिति भन्दा ब्यक्ति स्वार्थको राजनितिमा आम दलहरु दल दलमा फसेको पाइन्छ  र यिनै लोकतान्त्रिक बिचारको जबज बिजारोपणमा मन्द बीष बमन गरि राजधानीमा एकथरी बर्ग माफियाको चंगुलमा फसेको सत्य लाई कुनै दिन बाहिर प्रकट नहोला भन्न सकिँदैन।

मदन आश्रीतको चितवनमा दास ढुंगा जीप दुर्घटना भएपछि उनिहरुलाई स्मरण गरिने प्रचलन छ।

किन भने उनले कम्युनिष्ट आन्दोलन लाई जनताको बहुदलिय जनबाद (जबज) मा खुल्ला लोकतान्त्रिक प्रणाली बाट बामपन्थि राजनितिको बिचार बिजारोपण गरे, जबजको कार्यदिशा बाटो सहि, गलत र मतभिन्नता हुनु स्वभाबिक छ।

जुन भबिष्यको क्षितिज  चुम्ने यात्राले छिनाफानो गर्दै जाने छ।

नेपालमा कम्युनिष्ट पार्टीको स्थापना सन् २००६ सालमा पुष्पलाल लगायत केही अग्रज ब्यक्तिहरुले गरेका थिय। कम्युनिष्ट पार्टी निर्माण पछि बाममन्थि सबै घटकहरुले निरंकुशता बिरुद्व प्रजातन्त्र प्राप्तिका लागि अग्रपंक्तिमा रहेर बलिदानि पुर्ण संघर्षहरु गरेको इतिहास साक्षी छ।

इतिहासको कालखण्डमा राणा देखि पंचायति तनाशाहा बिरोधि आन्दोलनमा नेपाली कांग्रेससंग समेत सहकार्य गरेर कालरात्री लाई चिर्न संखघोस गरेका थिए। जुन जबजको बाटो थियो भन्दा गल्ती नहोला।

शान्तिपुर्ण आन्दोलन चलाएर कम्युनिष्टहरु अघि बढे पनि केही घटकहरुले सशस्त्र संघर्ष र जनताको खातिर बलिदानि भावको आवश्यकता बोध गरिरहे।

मुलत हतियार  र बन्दुकको नालले सत्ता कब्जा गर्ने र शान्तिपुर्ण जन संघर्षका उपलब्धिहरु लाई रक्षा गर्दै नया शिरा बाट आन्दोलन गरी अघि बड्ने दुई भागमा बिभाजन भए। यसरी लोकतन्त्र रणनीतिक मात्र हुने तथ्यलाई हतियार सहितको युद्व मोहले आखा चिम्लने अवस्था निर्माण भएको थियो।

नेपाली भुवनौट र राष्ट्रिय अन्तराष्ट्रिय परिबेश अनुसार आत्मगत र बस्तुगत अवस्थाको ठोस बिष्लेषणमा बामपन्थि आन्दोलन दुई किनाराका उभियो।

यसले एकातिर एमाले लगायत हतियार नउठाउनेहरु मुलत जबजको रणनिति अख्तियार गरे, अर्को तिर रुसि र चिनियाँ क्रान्तिको बाटो सशस्त्र संघर्ष बाट प्रभाबित भए। यस अवस्थामा बिस्तारै एक अर्को लाई आरोपित गरिरहे।

प्रजातन्त्र र लोकतन्त्र आए पनि यसको रक्षा गर्दै अघि बढ्ने कुरामा दुबिधा भयको देखिन्थ्यो।

बहुदल पछि भुमिगत बाट खुल्ला राजनितिमा आएका मदन भण्डारीको पहिचान भयो। उनको पहिचान जबज र त्यस अनुरुप कुशल बक्ताको रुपमा चिन्दथे।

मदन भण्डारी जबजको ब्याख्याता र सस्थापकका रुपमा स्विकारोक्ति गर्ने त्यस सिद्वान्तलाई फिजाउने कुशल संगठक जिवराज आश्रीतको बिचार बोकेर लगतार पाईलाहरु चाल्ने ठुलै जमात मार्गदर्शक बनेको थियो र त्यसैको रुप नेकपा देखिन्छ ।

जबज लाई २०५४ सालदेखि खास गरि तत्कालीन नेकपा एमालेले मार्गदर्क सिद्वान्तको रुपमा स्विकारोक्ति गरेका थिए।

बिश्व भर पुजिबादले स्खलित गर्दै लगेको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक बामपन्थि आलोकमा उभिएपछि भण्डारीको यो बिचार र योगदानले सापेक्षीक सार्थकता पायो। मुलत उनको यो बाटो समाजबादमा पुग्न तत्कालीन लोकतान्त्रिकरण शान्ति र प्रगतिको सुधारबादी बाटो थियो ।

सर्वथा लोकतान्त्रिक अभ्यास लाई बिश्वब्यापि मान्यता स्थापित भई सकेको परिप्रेक्षमा लोकतन्त्र र मार्क्सबादलाई संस्लेषण गरि एउटा प्रगतिशिल लोकतान्त्रिक रणनिति भएकोले खुल्ला समाज निर्माण गरि मानव अधिकारलाई स्विकार गर्ने यो बिचार अरु लोकतान्त्रिक दल भन्दा आमुल पृथक भएकोले यसको स्विकारोक्ति र समर्थन पाउनु स्वभाबिक पनि थियो अहिले वास्तवमा त्यहि भएको देखिन्छ ।

यसै लाई जबज क्रान्तिको रणनिति र बिचारको बाटो अबलम्बन गरिएको थियो। मदन भण्डारीको  सिद्वान्तमा लोकतन्त्र, मानव अधिकार, सामाजिक न्याय, खुल्ला समाज निर्माण, र कानुनि शासन जस्ता बिश्वब्यापि लोकतान्त्रिक मान्यता लाई आत्मासात गर्नु हो। जसलाई मानव अधिकार बिश्वब्यापि घोषणाले समेत स्विकार गरेकोले पाच्य भएको हो।

जबजमा नया संविधान अनुरुपको राज्यब्यवस्था र राज्य व्य्यवस्था  अनुकुल कानुनि शासनको परिकल्पना रहेको छ। उनको संस्लेषणमा राजनितिक प्रणाली भएमा दलको बिचार फेरिए पनि नोक्सान गर्दैन भन्ने हो।

तर नेपालको बर्तमान अवस्थामा संविधान बदलियो, तर व्यवहार बदलियन, बरु  नेतृत्व र नेता बदलियो तर प्रणालिले पनि ह्वातै काम गर्न नसकेको आभास जनमानसले भोगेका छन। मदन भण्डारीले निरंकुश राजतन्त्र लाई खुल्ला चुनौती दिएका थिए उनी निडर भाषणमा र मास परिचालनमा थोरै समय भए पनि चमत्कारीक बने।

मदनको २७ औ स्मृतिमा स्मरण गर्दा उनको पुर्ण मार्क्सवादी  लेनिनबादी बिचार नभई आफ्नै जबज र प्रचलित लोकतान्त्रिक संश्लेषणको बिचारक भएकाले उनको बिचारमा समय सापेक्ष विश्लेषण गरि स्मरण गरिनु पर्दछ किन कि क्रान्ति र युद्वमा होमिएको माओबादि र शान्ति सम्झौता गरि प्रकट भएको नेतृत्व प्रचण्डपथ समेत आलोचनात्मक बिचार सहित बहष गर्दै ऐक्यबद्व भएर प्रकट भएका छन् ।

यी दुई महान बामपंथी आन्दोलनको सम्योजन हालको नेकपालाई हार्दिक स्वागत गर्नु पर्दछ ।

थुप्रै नेपाली जनताको रगतले स्थापित माओवादी जनयुद्धलाई नेपाली कम्युनिस्ट आन्दोलनमा कम आकलन गर्न खोज्नु पनि मुर्खता हुन्छ किन कि यसले थुप्रै उपलब्धि हासिल गरेको छ जसको बलबाट  देश चलि  संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धतिमा हिडेको छ ।

दुई ठूला बामपंथी मिलेर मुलुकको आवश्यकता अनुरुप नेकपा बनेको छ तर नीतिगत भन्दा नेकपा पनि नेतागत रुपले अघि बढ्न खोजेको देखिन्छ यसलाई पूर्ण करेक्सन गर्न जरुरी छ ।

अब सबै सिद्धान्त, विचार  र पथहरुको सम्मान गर्दै शान्तिपुर्ण जनताको आन्दोलन अनि क्रान्तिको मर्म बुझ्दै  शान्ति पूर्ण तवरले आधारभुत लोकतन्त्रिकरण र बिश्वब्यापि मानव अधिकार अबलम्बन, लोकतान्त्रिक पद्वतिबाट समाजबादको पथमा मार्ग प्रशस्त गर्न जरुरी छ ।

लोकतान्त्रिक शासन, मानव अधिकार, बिधिको शासन भने बिश्व र नेपालको लोकतान्त्रिक दलहरुको सर्बोपरी मान्यता स्थापित गरेकोले कम्युनिष्टहरु बिच यो बिचारलाई ध्रुवीकरण गर्ने प्रयास भएको पाइन्छ ।

यसो गर्नु महान भुल हुनेछ । यो नेकपा नेतृत्वको हातमा छ । यसले लामो इतिहास कायम गरेता पनि बर्तमान नेकपाले यो बिचारको बिराशत र ब्यवहार लाई कसरी ग्रहण गर्दै संश्लेषण गर्ने हो यात्रा जारी छ।

इतिहास क्रम भङ्ग  नहोस् । हेर्न बाकी छ । महान विचारक स्वर्गीय मदन भण्डारी र सहयात्री जीवराज आश्रीत एवम् बामपंथी आन्दोलनका सम्पूर्ण महान सहिदप्रति हार्दिक श्रद्धा सुमन ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily