+
Search

ताजा अपडेट +

पपुलर +

नारायणकाजी श्रेष्ठसंग ‘अजिरकोटकाे अपेक्षा’

सुदन अधिकारी
२०७७ जेष्ठ १, बिहीबार २०:१३ बजे

छिमेकी देश भारतले नेपालको भूमि प्रयोग गरी बिना अनुमति बाटो खनेको प्रसङ्गमा नेपाली तर्फबाट आफ्नो सीमा सुरक्षामा लापरबाही भइरहेको तत् पनि सतहमा आएको छ ।

थोरै सङ्ख्यामा रहेका बिओपी अनि कमजोर संरचनामा बसी सुरक्षा दिनुपर्ने प्रहरीको विवशता बिच भिआइपीका सुरक्षाको नाममा हजारौँ सुरक्षाकर्मीको दुरुपयोग भइरहेको समाचार सार्वजनिक भैसकेपछी नारायणकाजीले सामाजिक सञ्जालमार्फत भने-  ‘म आफलाइ सुरक्षा चुनौती छ भन्ने ठान्दिन ।अहिले मेरोभन्दा बढी सुरक्षा राज्यलाई चाहिएको छ ,राज्यले आफ्नो आवश्यकता हेरेर मलाइ दिइरहेको सुरक्षा फिर्ता गरेर अन्य आवश्यकता प्रयोग गरे राम्रो हुन्छ ।’

आफ्नो बारेमा सार्वजनिक टिप्पणी हुने बित्तिकै जबाफदेहिता प्रस्तुत गर्ने थोरै नेपाली राजनीतिज्ञमा नारायणकाजी पर्छन् ।

राजनीतिक नेतृत्वले देखाउनु पर्ने इमानदारिता अनि बोक्नुपर्ने जिम्मेवारीको नमुनाबारे कतिपय सन्दर्भमा उनले प्रस्तुत गरेर उदाहरण नेपाली समाजले सायदै बिर्सेला ।

नारायणकाजी मेरै निर्वाचन क्षेत्रका हुन् ।

भलै मैले आजसम्म उनलाई भोट हालेको छैन ।

बाबुराम-नारायणकाजी जस्ता हस्तीले चुनाव लडेको निर्वाचन क्षेत्रको मतदाता मैले कसैला भोट दिइन ।

कारण आफ्नै छ,

शान्ति प्रक्रिया मार्फत अवतरण गरेको दस बर्से जनयुद्धका सहिद-बेपत्ता-घाइतेले उचित ‘न्याय’ नपाउन्जेल म सक्रिय रूपमा आफ्नो विवेकले आफ्नो मत बदर गराइरहनेछु ।

नारायणकाजीलाई मैले आफ्नो निर्वाचन क्षेत्रको नेताभन्दा बढी डाक्टर केसीले चिकित्सा क्षेत्र सुधारका निम्ति थालेको महाअभियानलाई दौरान अझ राम्रै बुझ्ने मौका पाएँ ।

सत्तामा रहेको दलका एक उच्च नेताले सार्वजनिक मञ्चबाट डाक्टर केसीको आन्दोलन सही रहेको भनेर भन्दै गर्दा उनले आफ्नो भागमा परेको ‘प्रवक्ता’को चाबी बुझाउनसम्म पछि परेनन् ।

उनीसँग डाक्टर केसीको सत्याग्रह कसरी तोडाउन सकिन्छ भनेर धेरै चरणमा लामा-लामा छलफल गरेका एक दाइले मलाई भन्थे-‘नारायणकाजी सँग कुरा गर्दा उनी डाक्टर केसीले उठाएका समस्यासङ जानकार रहेको भान हुन्थ्यो । यथार्थतामा टेकेर कुरा गर्थे ।’

अनि भन्थे- ‘म नेतृत्वलाई कन्भेन्सन गराएरै छोड्छु ।’

पछि भन्थे- ‘सार्वजनिक महत्त्व अनि दूर दराजका जनताको जीवनमा धरातलीय परी ल्याउने यस्ता कदम आफैँले उठाउन पर्नेमा अझ समर्थन गर्नपनी हाम्रो नेतृत्व अन्कनाउछ । तर, प्रयास गरिरहनेछु’ ।

डाक्टर केसीको समर्थनमा उठिरहेको आवाजलाई निष्कर्षमा पुर्‍याउन उनले आफ्नो ठाउँबाट सकेको प्रयास गरेको कुरा नेपाली समाजले बुझ्यो ।

एक मेडिकल पेसामा आबद्ध हुनुको नाताले आफ्नो क्षेत्रलाई व्यवस्थित गर्न उनले खेलेको भूमिका म सधैँ सम्झिरहनेछु ।

आफ्नो निर्वाचन क्षेत्रको अभिभावक पनि भएको नाताले म यहाँको स्वास्थ्यको एउटा कठोर नियति भन्न चाहन्छु ।

करिब १५ हजार जनतालाई पायक पर्ने गाउँपालिका केन्द्रमा रहेको भच्चेक स्वास्थ्य चौकी ३० वर्षदेखि उस्तै छ ।

एउटा PHC वा १५ बेडको अस्पताल बन्न नसक्दा यहाँका जनता सामान्य उपचारका निम्ति कि सदरमुकाम वा अन्यत्र जान बाध्य छन् ।

१५ बेडको अस्पताल बन्ने भनेर भनिएता पनि त्यो कागजी प्रक्रियाभन्दा माथि जान सकेको छैन । यसमा तपाईँको अभिभावकत्व सबैले खोजिरहेका छन् ।

अर्को एउटा तपाईँले गर्नुपर्ने कुरा छ,

लगभग २ करोड लगानीमा भच्चेकमा निर्माण हुन गइरहेको पार्कले भविष्यमा आन्तरिक तथा अन्य पर्यटनलाई बल त पुर्‍याउला तर त्यहाँको जनताको जीवनस्तरमा परिवर्तन ल्याउने आधारभूत कामहरू गर्न सके कति गज्जब हुन्थ्यो ।

जस्तै,

-कृषिमा आधारित अनि निम्न आय भएकालाई अनुदान ,हाते ट्र्याक्टर लगायत दिन सके कृषिमा गाउँपालिका आत्मनिर्भर हुन्थ्यो कि।

– अधिकांश युवा बिदेसिएकाले यहाँका कतिपय खेतीयोग्य जमिन बाझो छ जसमा गाउँपालिकाले अगुवाइ गरेर त्यो बाझो जमिनमा कृषि उपज लगाउन सके अन्ततः गाउँपालिकाकै आर्थिक स्तरमा सहयोग पुग्यो कि भन्ने लाग्छ ।

धेरै युवा बिदेसिएकाले यहाँका कतिपय खेतीयोग्य जमिन बाझो छ जसमा गाउँपालिकाले अगुवाइ गरेर त्यो बाझो जमिनमा कृषि उपज लगाउन सके अन्ततः गाउँपालिकाकै आर्थिक स्तरमा सहयोग पुग्यो कि भन्ने लाग्छ!

अहिलेको यो महामारीको सन्दर्भमा यहाँको गाउँपालिकाले गरिरहेको कमजोर व्यवस्थापनलाई लिएर मैले तपाईँलाई पठाएको सन्देशमामा तपाइले ‘सुझावलाई गम्भीरतापूर्वक लिएको’ प्रतिक्रिया जनाउनुभएको छ । आशा छ केही ठोस कदम जरुर चाल्नुहुनेछ ।

म अब तपाईँलाई यो क्षेत्रको राजनीतिक यथार्थता बारे आफूले देखेको कुरा लेख्न गइरहेको छु ।

यहाँबाट जनयुद्धमा कयौँले आफ्नो बलिदानी दिए जुन तपाईँलाई पक्कै थाहा होला ।

हाम्रो परिवार पनि त्यसमा पर्दछ ।

तपाईँकै समकक्षी नेता बाबुराम यता आउँदा सकभर कुनै न कुनै सहिद-बेपत्ताको परिवारमा आउँदा तपाईँ भने त्यसो गरेको मैले पाएको छैन ।

अत्यन्त व्यस्त कार्यपालिका बिच आउँदा यहाँका स्थानीय नेताले जे सुनाउँछन् त्यही कुरामा विश्वास गर्नुपर्ने यहाँको बाध्यता हो भने पनि तपाईँ आफैले अग्रसरता लिएर यहाँ आउँदा दुवै पक्षका सहिद-बेपत्ता-घाइतेका परिवारलाई भेट्दा तपाईँलाई पनि आत्मसन्तुष्टि मिल्छ नै सँगै त्यो परिवार लाही पनि केही हदसम्म भरोसा मिल्छ ।

आशा छ, मेरो यो सानो सुझाव तपाईँले स्मरणमा राख्नुहुनेछ।

तपाईँको केन्द्रीय राजनीतिमा प्रभाव पार्ने नेता भएकाले आफ्नो क्षेत्रका कुरामा चाहेजस्तो ध्यान दिन सक्नुहुन्न भन्ने थाहा छ ।

तर, यहाँ बाट उठेर अहिले विभिन्न क्षेत्रमा राम्रो गरिरहेका युवा शक्तिको एउटा फोरम बनाइ यो क्षेत्र विकासका निम्ति उनीहरूको सल्लाह सुझाव सुन्नुभयो मात्र भएपनी धेरै उपलब्धि हुन्छ भन्ने लाग्छ ।

नारायणकाजी जी,

तपाईँले केन्द्रीय राजनीतिमा पेस गर्नुभएको उदाहरणलाई आफ्नो गाउँ ठाउँमा पनि पुर्‍याउने जमर्को गर्नुभए अझ उत्तम हुन्थ्यो ।

निर्वाचन क्षेत्रमा आउँदा सीमित कार्यकर्तालाई मात्र नभेटेर जनतामा अलि बढी अन्तर्क्रिया गर्नुभए राम्रो हुन्थ्यो ।

मलाइ राम्ररी हेक्का छ-राजनीति हामी चाहेजस्तो भएन । यो पनि थाहा छ नेतालाई सजिलोसँग विश्वास गर्ने वातावरण बन्न सकेको छैन ।

मलाइ राम्ररी हेक्का छ-राजनीति हामीले चाहेजस्तो भएन ।

यो पनि थाहा छ नेतालाई सजिलोसँग विश्वास गर्ने वातावरण बन्न सकेको छैन ।

म तपाइसमेत अग्रपङ्क्तिमा रहेको यो राजनीतिक नेतृत्वबाट निराश एक युवा हु।

तर,म मान्छु अनि सँगै विश्वास गर्छु- तपाईँ नेपाली राजनीतिमा इमानदारिता नैतिकता सँगै जिम्मेवारी बोध भएको थोरै नेतामा पर्नुहुन्छ भन्नेमा शङ्का रहेन।

प्रतिक्रिया

लेखकको बारेमा

सुदन अधिकारी