+
Search

ताजा अपडेट +

पपुलर +

लकडाउनमा थप कडाइँ : आजबाट एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने

4KNationalDaily
२०७७ जेष्ठ १, बिहीबार ०८:५३ बजे

काठमाडौं- कोरोना संक्रमित बढ्दै गएपछि सरकारले आजदेखि लकडाउनमा थप कडाइँ गरेको छ ।

गृह मन्त्रालयले आजदेखि सबै पास रद्द गरेको छ । योसँगै अब एक जिल्लाबाट अर्को जिल्ला जान पाइने छ्रैन ।

एक जिल्लाबाट अर्को जिल्ला जाने गरी अत्यावश्यक कामका लागि पास जारी गर्नुपर्ने अवस्था भए उपत्यका बाहिरका जिल्लाहरुको हकमा पास जारी गर्ने जिल्लाले पुग्ने जिल्लाका प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा मात्र पास जारी गर्नुपर्नेछ ।

काठमाडौं उपत्यका बाहिरका जिल्लाले काठमाडौं उपत्यका प्रवेश गर्नका लागि पास जारी गर्नुपर्ने अत्यावश्यक भए गृह मन्त्रालयको स्वीकृतिमा मात्र पास जारी गर्ने, पास स्वीकृतिका लागि अनुरोध गर्दा पास जारी गर्नुपर्नाको प्रयोजन र पुष्ट्याई समेत खुलाई पठाउनुपर्नेछ ।

काठमाडौं उपत्यका प्रवेशका लागि पास जारी गर्दा जारी पासमा गृह मन्त्रालयको स्वीकृति नम्बर समेत उल्लेख गर्नुपर्ने र जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको पास विना एक जिल्लाबाट अर्को जिल्ला जाने गरी सवारी आवागमन भए गरेको पाइए तत्काल शुरु जिल्लाले नै अर्को जिल्ला पुग्नु अगावै सवारी आवागमन रोक्ने गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily