+
Search

ताजा अपडेट +

पपुलर +

साउदीमा ६ सय ७४ नेपालीमा कोरोना संक्रमण, एककाे मृत्यु

4KNationalDaily
२०७७ बैशाख ३१, बुधबार ०७:४४ बजे

काठमाडौं- नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६ सय ७४ नेपालीमा कोरोना (कोभिड-१९) को संक्रमण देखिएको छ।

साउदीको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६, पश्चिम क्षेत्रमा १४८, रियादमा १७५, कसिम र हायल क्षेत्रमा तीन÷तीन तथा अन्य स्थानमा नौ नेपालीमा संक्रमण देखिएको हो।

साउदीको पूर्व क्षेत्रमा नेपाली श्रमिकको बाक्लो उपस्थिति छ।

संक्रमितमध्ये कैयौँ निको भई काममा फर्किसकेको रियादस्थित नेपाली दूतावासले जनाएको छ। सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको साउदी सरकारले पुष्टि गरेको छ।

साउदीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार ९२५ पुगेको छ। सङ्क्रमितमध्ये हालसम्म १५ हजार २५७ निको भएका छन्।

हालसम्म त्यहाँ २६४ सङ्क्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily