+
Search

ताजा अपडेट +

पपुलर +

‘अजिरकाेट’ नेतृत्व खोजिरहेछ !

सुदन अधिकारी
२०७७ बैशाख २९, सोमबार १८:३९ बजे

स्थानीय चुनाव ताकाको एउटा घटना म सम्झिरहन्छु ।

नयाँ शक्ति, माओवादी अनि काङ्ग्रेसबीचको प्रतिस्पर्धामा नयाँ शक्ति काङ्ग्रेसले जितेकै राम्रो भएर प्रस्तुत भएपछि अन्ततः झिनो मतान्तरले काङ्ग्रेसले यहाँको चुनाव जित्यो ।

देशभर बाम गठबन्धनको उत्साहजनक उपलब्धि भैरहदाँ यहाँको स्थानिय सरकारमा जित हासिल गरेको काङ्ग्रेसले उदाहरण पेस गर्नुपर्नेमा उ ‘मस्त निदाइरहेको’ छ।

पदभार ग्रहण गरेको तीन वर्ष हुनै लाग्दा पनि न त गाउँपालिकाको स्थानको टुङ्गो छ न त टुङ्गोमा पुग्ने सुरसार छ ।

कहिले सीमित व्यापारीको प्रलोभनमा परेर जङ्गलको बिचमा कार्यालय बनाउने हचुवा कुरा गर्छन् अनि कहिले भवन बनाउने भनेर जिल्ला बन कार्यालयले उपलब्ध गराएको जग्गालाई नमिल्ने भन्छन् ।

जाबो एउटा आफ्नै लागी ‘बाँस’ सम्मको व्यवस्था गर्न नसक्ने गाउँपालिकाबाट अरू के अपेक्षा गर्नु र!

एक दिन यस क्षेत्रका प्रतिनिधि सभा सदस्य बाबुराम भट्टराई ले एउटा सन्देश पठाए !

लेखका थिए- ‘म तपाईँजस्ता युवाको अजिरकोट विकासका योजना सुन्न चाहन्छु।’

जवाफ फर्काउने क्रममा मैले बुँदागत रूपमा आफ्नो कुरा लेखेको थिए जुन यस्ता थिए,

१. पिच  सडक पुगे सकेको अवस्थामा सामान्य स्वास्थ्योपचार (ultrasound, fracture plaster ) गर्न कि सदरमुकाम वा चितवन जानुपर्ने वाद्यताका बिच यहाँको स्वास्थ चौकी अब १५ शैश्याकाे अस्पताल स्तरोन्नति गराउने योजनामा रहेको हुँदा यो प्रक्रियामा तपाईँको अग्रसरताको अपेक्षा छ ।

२. करिब २ करोड खर्च गरेर पार्क बनाउन थालिसकेको (अजिरकोटमा पार्क बनाउन थालिसकेको अवस्था रहेछ), तर, यहाँका जनताको जीवनस्तरमा सुधार ल्याउने ‘धरातलीय आवश्यकता’का कुनै योजना गाउँ पालिका वा सत्तामा रहेकाले नल्याइरहेको सन्दर्भमा यहाँका मानिसलाई कृषिमा जोड्ने (सरकारी अनुदानका हाते tractor, seasonal तरकारीका सङ्कलन केन्द्र,उन्नत जातका बिउ बिजन) मा तपाईँको अग्रसरतामा भए अझ राम्रो हुन्थ्यो भन्ने लाग्छ ।

३. यातायातका साधनको पहुँच भइसकेकाले यहाँ उब्जाइएका हरेक चिजको मूल्य हुनेछ भन्ने कुराको विश्वास यहाँका जनता(मुख्यतः माथिल्लो भेगका जनजाति अनि निम्न आयका जनताले) कृषिबाट अझ लाभ लिन सक्थे कि भन्ने लाग्छ ।

४. गाउँघरका कयौँ खेतबारी बाझो भइरहेको सन्देशमा गाउँपालिकाले जग्गा यकिन गरी अग्रसरता लिएर गाउँलेलाई नै साथमा लिएर बाजा खेतमा कृषिजन्य बस्तु लाउन सके रोजगारी पनि हुने अनि आय श्रोत पनि बढ्ने हुँदा गाउँपालिका प्रतिनिधिलाई यो कुराको महत्त्वबारे सम्झाइदिनु भए गज्जब हुन्थ्यो ।

५. यहाँको सार्वजनिक जङ्गलको area धेरै रहेको तर जङ्गलमा उपयोगमा आउने निकै कम रुखहरू भएकाले व्यापक वृक्षारोपण गरी खाली ठाउँमा नयाँ उपयोगी रुखहरू रोप्न पाए समितिलाई फाइदा पुगी अन्ततः गाउँकै आर्थिक स्थितिमा सुधार हुन्थ्यो कि !

६. दुधपोखरी जस्तो धार्मिक दृष्टिले अत्यन्तै महत्त्वपूर्ण स्थल जाने बाटो भच्चेकबाट नजिक हुने भएतापनी बाटोको राम्रो प्रबन्ध नहुँदा मानिसहरू सयौँको सङ्ख्यामा अन्य रुटबाट गइरहेको यथार्थतालाई मध्यनजर गर्दै सिरानडाडा सम्म पक्की सडक बाटो पुगिसकेको अवस्थामा दुधपोखरी जाने बाटो व्यवस्थित गर्न केही मेहनत गर्न पाए पर्यटकका क्षेत्रमा उल्लेख्य योगदान हुन्छ भन्ने लाग्छ मलाइ!

जवाफमा उनले भनेका थिए-

‘धेरै धन्यवाद ! सुझावहरू निकै वस्तुगत र उपयोगी लाग्यो।

मैले यस आर्थिक वर्षको सांसद विकास कोषबाट कृषि (मूलतः अलैँची )सङ्कलन र प्रशोधन केन्द्र निर्माणमा ५० लाख राखेर सुरुवात गर्नुको मर्म पनि त्यही हो ! तर गा पाले नै आलटाल गरिरहेछ ! त्यसमा तपाईँले पनि घुच्च्याउनु होला!

-दूधपोखरीसम्म बाटो पुर्‍याउने गरी चेपे किनारबाट थप बजेट (०.५+२.०+३.०=५.५ करोड) राखेको हुँ तर काम एकदम ढिलो भइरहेछ!

-भच्चेकमा १५ शय्याको अस्पताल हुनपर्छ। त्यसमा लागिरहेछु!

-मूल कुरा राजनीतिक नेतृत्व हो ! तपाईँहरू जस्ता नयाँ पुस्ताको सहभागिता चाहिन्छ। सोच्नुहोला !

अब प्रश्न आउँछ,

आफ्नो क्षेत्रको सांसदले भनेको योजना अनि दिएका योजनालाई गाउँपालिकाले किनै मतलबै नगरेको होला ?

उत्तर थाहै छ- यहाँका जनप्रतिनिधिलाई विकासका काम गर्न होइन आफ्नै हिसाबकिताब गर्नमै फुर्सद छैन!

गाउँपालिकाका कमजोरी अनि गैर जिम्मेवारीका हदहरू बारे अबको आलेखमा लेख्नेछु ।

प्रतिक्रिया

लेखकको बारेमा

सुदन अधिकारी