काठमाडौं– कोरोनाभाइरस (कोभिड १९) महामारी संक्रमण फैलिनबाट रोक्न नेपाल सरकारले लगाएको लकडाउनलाई थप कडा गर्ने गृह मन्त्रालयले निर्णय गरेको छ ।
यसका साथसाथै मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई लकडाउन थप कडा गर्न निर्देशन समेत दिएको छ ।
सोमबार मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई यो निर्देशन दिएको हो । योसँगै अब पास नभएका गाडीहरु सन्चालनमा पूर्ण प्रतिबन्ध लगाइने भएको छ ।
यसअघि काठमाडौंमा केही दिनका लागि जिल्लाहरु जानेका लागि अलिक सहज बनाउन गाडीहरु खुला रुपमा चल्न दिइएको थियो । अनौपचारिक रुपमा खुकुलो बनाइएको भए पनि अब यसमा पनि कडाइ गरिने जनाइएको छ ।
प्रतिक्रिया