+
Search

ताजा अपडेट +

पपुलर +

भिडियो कलसम्बन्धी नयाँ सेवा सुरु गर्दै फेसबुक, एकैपटक ५० भन्दा बढीसँग कुरा गर्न मिल्ने

4KNationalDaily
२०७७ बैशाख १३, शनिबार १७:३४ बजे

काठमाडौं- विश्वभरी नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कल सम्वन्धी नयाँ सेवा शुरु गर्न लागेको छ।

अहिले भइरहेको भिडियो कल सम्बन्धी सेवाभन्दा केही थप र फरक विषेशतासहितको सेवा फेसबुकले शुरु गर्न लागेको हो।

“म्यासेन्जर रुम” नाम दिइएको सो नयाँ सेवामा एकैपटकमा ५० भन्दा बढीले कुराकानी गर्न मिल्ने व्यवस्था गरिएको छ।

सामुहिक भिडियो कुराकानी गर्न सकिने र बैठक, कार्यक्रम तथा अन्तरक्रियाहरु गर्न सकिनेगरी म्यासेन्जर रुम बनाइएको छ।

म्यासेन्जर रुम भिडियो कुराकानीका लागि कुनै समय सीमा तोकिएको छैन। असिमित समयसम्म कुराकानी गर्न सकिने व्यवस्था गरिएको छ।

सामुहिक भिडियो कुराकानीका लागि कुनै एउटा व्यक्तिले फेसबुकमा म्यासेन्जर रुम बनाएर कुनै पनि व्यक्तिलाई कुराकानीका लागि निमन्त्रणा गर्न सक्दछ।

भिडियो कुराकानीमा नियमन्त्रणा गरेको व्यक्तिले को को भिडियो कुराकानीमा सहभागी भएका छन् भन्ने थाहा पाउने र चाहेको व्यक्तिलाई हटाउन पनि मिल्ने गराइएको छ।

भिडियो कुराकानीमा सुरक्षा र गोपनीयताको पूर्ण सुनिश्चितता गरिएको पनि फेसबुकले दाबी गरेको छl

फेसबुकको यो नयाँ सेवा “म्यासेन्जर रुम” केही देशमा प्रयोग गर्न सकिनेगरी यसै हप्ता खुल्ला गरिने छ भने अन्य देशका लागि विस्तारै खुल्ला गर्ने तयारी गरिएको फेसबुकले जनाएको छ।

कोरोना प्रकोपपछि विश्वर अन्य भिडियो एप्लिकेसन चर्चित बन्न थालेपछि फेसबुकले नयाँ सुविधा प्रादान गर्न लागेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily