+
Search

ताजा अपडेट +

पपुलर +

कोरोना अपडेट : मृतकको संख्या २ लाख नजिक, एकै दिन थपिए १ लाख नयाँ संक्रमित

4KNationalDaily
२०७७ बैशाख १३, शनिबार ०७:११ बजे

काठमाडौं- कोरोना भाइरसका कारण विश्वभर १ लाख ९५ हजार ९ सय २० जनाको मृत्यु भएको छ ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार शुक्रबारसम्म विश्वभर २७ लाख ९० हजार ९ सय ८६ जनामा कोरोना संक्रमण भएको छ । विश्वभर सात लाख ८१ हजार ३ सय ८२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसका कारण अमेरिकामा सबैभन्दा बढी ८ लाख ९० हजार संक्रमित भएका छन् भने ५१ हजार जनाको मृत्यु भएको छ ।

अमेरिकामा ९६ हजार ६ सय ७७ जना निको भएका छन् ।

स्पेनमा २ लाख १९ हजार जना संक्रमित भएका छन् भने २२ हजार ५ सय २४ जनाको मृत्यु भएको छ । त्यस्तै ९२ हजार ३ सय ५५ जना निको भएका छन् ।

इटलीमा एक लाख ९२ हजार ९ सय ९४ जना संक्रमित भएका छन् भने २५ हजार ९ सय ६९ जनाको मृत्यु भएको छ र ६० हजार ४ सय ९८ जना निको भएका छन् ।

फ्रान्समा १ लाख ५९ हजार ४ सय ९५ जनामा संक्रमण देखिएको छ र २२ हजार २ सय ४५ जनाको मृत्य भएको छ ।

फ्रान्समा निको हुनेको संख्या ४४ हजार १ सय ९७ रहेको छ ।

बेलायतमा एक लाख ४४ हजार ६ सय ३५ संक्रमित छन् भने १९ हजार ५ सय ६ जनाको मृत्यु भएको छ ।

जर्मनीमा १ लाख ५४ हजार जना संक्रमित भएका छन्, जसमा एक लाख ६ हजार उपचारपछि निको भएका छन् र पाँच हजार ७ सय २३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily