+
Search

ताजा अपडेट +

पपुलर +

छेपारे राजनीति गर्ने नकचराहरुलाई मतदाताले कालो मोसो दलेर सात गाउँ डुलाउनेछन्

4KNationalDaily
२०७७ बैशाख १०, बुधबार ०६:१९ बजे

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको यो बिपत्तिमा कयौँ नागरिक घरबार बिहिन छन । एक छाक खान नपाएर छट्पटिएका छन ।

आफ्नो घरसम्म जान नपाएर रुवाबासी छ । कमाइ गर्ने ब्यापार बन्द गर्नु परेर कैयौँ तनाबमा छन् । कयौँ देशका राष्ट्रप्रमुखहरु यो बिपत्तिमा जनता सँगै धुरुधुरु रोइरहेका छन । कति त यो बिपत्तिसंग जुध्न असमर्थ भएर पदबाट नै राजिनामा दिएका छन ।

तर मेरो देशको बिडम्बना आज झनै छर्लङ्गै भो । यो महाबिपत्तिमा जनता सँगै डटेर लड्लान् भन्ने आशा थियो तर कहिले स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार गर्न लिप्त छन् ।

कहिले सरकार नै भ्रष्टाचारीको बचाउमा लिप्त छन् । जति पनि मजदुर अनि भोकभोकै बसेका आम मानिसलाई राहत बाँड्ने भनेकै सामाजिक अभियन्ता मात्र देखियो ।

सामाजिक अभियन्ताले मात्र राहत बाँड्ने हो भने किन चाहियो यो देशमा सरकार ? यो बिपत्तिमा खर्च नगर्ने हो भने कोरोना बिपद कोषमा खर्बौ रुपैयाँ केका लागि संकलन गरेको ?

खाडी मुलुकदेखि बिभिन्न देशमा आफ्नो मेहनत र परिश्रमले कमाएको पैसामध्य केहि थोरै रकम जम्मा गरेर आफ्नो देशमा दुख पाइरहेका आम दाजुभाइ तथा दिदि बहिनीलाई सहयोग गरिरहनु भएका ती सामाजिक अभियन्ता लाई नानाथरी भन्दै सरकारमा बस्न लाज छैन् ।

यो महामारीको बेलामा त तिमीहरुले यो हर्कत देखायौ भने अरु बेलामा त जनताको आँशुमा पौडी खेल्न भन्दा अरु के गर्छौ ?
पार्टी फुटाउन र जोड्न चाहिने अध्यादेश मन्त्रिपरिषदबाट तत्काललै पास गरे ।

राष्ट्रपतिबाट प्रमाणित हुन केही घण्टा पनि लागेन । आमा मरेपछि भारतको सीमामा रोकिएको एक नेपाली छोरोलाई स्वदेश फर्कने आदेश दिन हाम्रो महामहिमहरु लाई ६ दिन लाग्यो ।

साँच्चै यो नेपाली गरिब किसानलाई क्षतिपूर्ति दिने अध्यादेश ल्याइन्थ्यो भने ४ र ५ वर्ष अबश्य लाग्न सक्थ्यो ।

कुरो प्रष्ट छ कि हामी जनताले फेरि एक पटक बाध्य भएर अर्को चुनाबको लागि नसोची नहुने बेला आएको छ ।

सवैजना एकजुट भएर कोभिड १९(कोरोना भाईरस)को सिकार हुनबाट आफूपनि सुरक्षित रहनुपर्ने र राष्ट्रलाई पनि जोगाउनु पर्ने कठिन घडिमा फेरि घृणित राजनीतिक फोहोरी खेल, अध्यादेश मार्फत सत्ता जोगाउने र सत्ता परिवर्तन गर्ने खेल ?

होईन मरेर जाँदा पनि कुर्सिसंगै लैजान्छु भन्ठानेका छन् कि के हो ? देश र जनताको कहिल्यै मतलब भएन नेताज्यूहरूलाई । संधै पद,पैसा र पावर भए हुने रैछ । धिक्कार छ ! छि : फोहोरी राजनीति ।

हुन त हामी नै त्यस्तै मूर्ख । सबै पार्टीमा आर्यघाट लैजानुपर्ने पितृहरू नेतृत्वमा छन् । यी मर्ने बेलाकालाई न देशको माया, न जनताको माया ?

ऐले देश र जनताको बारेमा सोच्नु पर्ने बेलामा खाली कुर्सी र पदकै लागि मरिहत्ते गर्ने तिमी दलालहरु बाट हामी जनताले खै के आशा राख्ने ? यो बेलामा के को अध्यादेश जारी गर्नु पर्ने जरुरत थियो ए भ्रष्टाचारी माकाफुइ हो ।

नेपाली जनताको रगत र पसिनामा कति दिन होली खेल्छौ ? हामी पनि हेरौँला । देश र जनताको माया र देश बिकास भन्ने शब्द तिम्रा त्यो गोबर भरिएको खोपडिमा अलि कति पनि भयन है ।

धिक्कार छ तिमीहरु जस्ता नपुंसकलाई । मरेर लानु के छ, आखिर नाङ्गो शरीर आइयो नाङ्गो शरीर नै जाने हैनर ? तिम्रा शाखा सन्तानलाई पनि सात पुस्ता पुग्ने अकुत सम्पत्ति त थुपारी सक्यौ त फेरि कति ¥याल काड्छौ ब्वाँसा हो ?

तिम्रा यस्तै हर्कत बढिरहे तिमीहरुलाई अपराधी देश द्रोही घोषित गरी तिम्रै मतदाताले कालोमोसो दलेर सात गाउँ डुलाउनेछन् ।

खबरदार ।

नवीन भट्ट क्षेत्री/गाेरखा

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily