+
Search

ताजा अपडेट +

पपुलर +

‘लकडाउन’मा चल्ने अत्यावश्यक सवारीसाधनका लागि इ–पासको व्यवस्था

4KNationalDaily
२०७७ बैशाख १, सोमबार १७:१५ बजे

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले जारी गरेको ‘लकडाउन’को समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था गरिने भएको छ ।

गृह मन्त्रालयले आज पत्रकार सम्मेलन गरी खाद्यान्न ढुवानी, बिरामी ओसारपसार, शव वाहन र अन्य अति आवश्यक परेको खण्डमा अनलाइनमार्फत फाराम भरेर सवारी पास लिन सकिने जानकारी दिएको हो ।

इ–पास लिनका लागि इ–पासमा गएर विवरण भर्नुपर्ने हुन्छ । जिल्ला प्रशासन कार्यालयले आवश्यकताको आधारमा मात्रै इ–पास वितरण गर्नेछ ।

सो सेवाको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले जनताको अति आवश्यक कामको सुविधाका लागि सरकारले सवारी पास वितरण प्रक्रियालाई नयाँ प्रणालीबाट शुरु गरेको जानकारी दिए । यो प्रणाली मङ्गलबारदेखि शुरु हुनेछ ।

मन्त्री थापाले फाराम भर्ने सबैलाई भन्दा पनि प्राप्त प्रमाणका आधारमा नदिई नहुने व्यक्तिलाई मात्रै सवारी सञ्चालनका लागि इ–पासको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily