+
Search

ताजा अपडेट +

पपुलर +

यूएईमा भिसा सकिएर समस्यामा पर्नुभएको छ ? दूतावासमा सम्पर्क गर्नुहोस्

4KNationalDaily
२०७६ चैत्र १०, सोमबार १७:१० बजे

युएई- यूएईमा हुनुहुन्छ र भिसा सकिएर वा नेपाल फर्किन नपाएर समस्यामा पर्नु भएको छ भने नआत्तिनुहोस् । बरु सिधै नेपाली दूतावास आबुधाबीमा सम्पर्क गर्नुहोस् ।

यूएई सरकारले कोरोनाको कारण उत्पन्न परिस्थितिले कुनै पनि देशका नागरिकलाई समस्या पर्न नदिने र परेकालाई सम्बन्धित देशको दूतावासमार्फत समस्याको सम्बोधन गर्ने बताएलगत्तै नेपाली दूतावासले पनि यसमा तदारुकता देखाएको हाे।

कोरोनाका कारण उत्पन्न कुनै पनि परिस्थितीले समस्यामा परेको भए यहाँको स्थानीय निकायसँगै दूतावासको सम्पर्क नम्बर, दूतावासको फेसबूक पेज, वा जुनसुकै माध्यममार्फत पनि सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

दूतावासले त्यसरी समस्यामा परेका नेपाली नागरिकसँग विभिन्न माध्यममार्फत सम्पर्क गर्ने, उनीहरुको तथ्यांक राख्ने र समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने गरी श्रम काउन्सिलर निर्मला थापालाई जिम्मेवारी दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily