+
Search

ताजा अपडेट +

पपुलर +

सरकारी प्रतिबन्ध तोड्दै कोरोना महामारी फैलिएका युरोपलगायत मुलुकबाट काठमाडौं भित्रिए ६४ जना!

4KNationalDaily
२०७६ चैत्र ९, आईतवार १०:२३ बजे

काठमाडौं- कोरोना भाइरसको जोखिमलाई विचार गर्दै सरकारले युरोप, पश्चिम एसिया, इरान, मलेसिया, दक्षिण कोरिया, जापानलगायत देशबाट आउने सबैलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाएका बेला शनिबार ६४ नेपाली स्वदेश भित्रिएका छन्।

सरकारी प्रतिबन्ध उल्लंघन गर्दै शनिबार दुई विदेशी विमानमार्फत ४ महिला र ६० पुरुष नेपाल भित्रिएका हुन्। त्रिभुवन विमानस्थल स्रोतका अनुसार बैंककबाट आएको थाई एयरवेजले ४८ र एयर इन्डियाले १६ नेपाली ल्याएको हो।

स्रोतका अनुसार एयर इन्डियाले भने जापान तथा युरोपलगायत देशबाट दिल्ली पुगेका नेपालीलाई काठमाडौं ल्याएको हो।

अध्यागमन विभागले भने प्रतिबन्धलाई ध्यान नदिई नेपाल आएका विमान कम्पनीका बारेमा नागरक उडड्यन प्राधिकरण तथा विमानस्थल व्यवस्थापन पक्षसँग स्पष्टीकरण लिने तयारी भइरहेको जानाउँदै त्यसपछि मात्रै के कति कारणबाट नेपाली स्वदेश प्रवेश गरे भन्ने खुल्ने जानकारी गराएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily