+
Search

ताजा अपडेट +

पपुलर +

कोरोना भाइरसका कारण मृत्यु हुने तीन हजार एकसय नाघ्यो

4KNationalDaily
२०७६ फाल्गुन २१, बुधबार ०७:४५ बजे

बेइजिङ- कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या ३ हजार १०० नाघेको मङ्गलबार जनाइएको छ ।

गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट फैलिएको यस भाइरसको सङ्क्रमण हाल ६० भन्दा बढी देशमा फैलिएको छ ।

यस भाइरसका कारण विश्वभरी कम्तीमा ९० हजार जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । उता संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट ६ जनाको मृत्यु भएको छ ।

यस प्राणघातक कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिइरहेका बेला अमेरिकामा पनि छ जनाको ज्यान गएको अधिकारीहरूको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily