+
Search

ताजा अपडेट +

पपुलर +

समाजवादी पार्टीले बनायो प्रवास विशेष कमिटी, समितिको अध्यक्षमा गुरुङ

4KNationalDaily
२०७६ फाल्गुन १४, बुधबार १९:५५ बजे

काठमाडौं– समाजवादी पार्टीको प्रवास विशेष प्रदेश समितिको समायोजन कार्यक्रम सम्पन भएको छ।

काठमाडौँको अल्फाबेटा हाउसमा सम्पन्न समायोजन कार्यक्रमले धन बहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यीय पदाधिकारी चयन गरेको छ ।

जसको उपाध्यक्षमा अमेरिकाबाट पूर्वडीआईजी पार्वती थापामगर, बेल्जियमबाट पेम्बा गेलु शेर्पा, अष्ट्रेलियाबाट सुवन चौलागाईं , इजराइलबाट सुन्दर तामाङ र कोरियाबाट मिलन कान्छा किराँती चयन भएका छन् ।

यस्तै मुख्य सचिव विश्वदिप तिगेला युकेबाट चयन भएका छन् भने सचिवरुमा प्रमोद श्रेष्ठ युएई, मनिस यादव कतार र हङकङबाट मनोज गौतम चयन हुँदा कोषाध्यक्षमा जापानबाट धन बहादुर बिक चयन भएका छन् ।

कार्यक्रममा संघीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै पार्टीले लिएको लक्ष्य प्राप्तिको लागि संगठन महत्त्वपूर्ण पक्ष भएकाले बिविश्वभर रहेका नेपालीहलाई समाजवादी पार्टीमा संगठित हुन आह्वान गरे ।

यस्तै अध्यक्ष उपेन्द्र यादवले जङ्ग बहादुरले सरकारको चर्को आलोचना गर्दै कुनै व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्न खोजिएको भन्दै आपत्ति प्रकट गरे ।

प्रवास विशेष समितिका ईन्चार्च आङकाजी शेर्पाले यो समिति समानुपातिक रहेको र ९९ सदस्यीय कार्यसमिति रहने जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily