+
Search

ताजा अपडेट +

पपुलर +

आबुखैरेनीमा छिम्केश्वोरी पर्यटन तथा सांस्कृतिक महोत्सव हुँदै

4KNationalDaily
२०७६ फाल्गुन १२, सोमबार १७:३५ बजे

काठमाडाैं- तनहुँको आबुखैरेनीमा फागुन २५ गतेदेखि २७ गतेसम्म छिम्केश्वोरी पर्यटन तथा सांस्कृतिक महोत्सव २०७६ हुने भएको छ ।

आबुखैरेनी समाज काठमाडौंको आयोजनामा हुने महोत्सवको प्रचारप्रसारका लागि काठमाडौंमा पत्रकार सम्मेलन गरिएको छ ।

पत्रकार सम्मेलनमा महोत्सवका निर्देशक हरिसिंह गुरुङले महोत्सवबारे जानकारी दिएका थिए । आबुखैरेनी गाउँपालिकाको संरक्षकत्वमा छिम्केश्वोरी पर्यटन विकास समितिको आयोजनामा महोत्सव हुनेछ ।

आन्तरिक पर्यटकको उल्लेखनीय वृद्धि हुँदै गरेको तनहुँ जिल्लाका विभिन्न पर्यटकीयस्थलमध्ये आँबुखैरेनीमा रहेको छिम्केश्वरी क्षेत्रको प्रचारप्रसार गर्न महोत्सव आयोजना गरिएको संयोजक गुरुङले बताए ।

‘धार्मिक तथा सांस्कृतिक पदयात्राको नामबाट परिचित छिम्केश्वरी आदिमकालदेखि नै पुज्य र आराध्यस्थलको रुपमा रहिआएको छ । यस क्षेत्र अन्तर्गत विभिन्न सांस्कृतिक ग्रामहरुको अनुभव, धवलागिरीदेखि लाङ्टाङ्सम्मको हिमशृंखलाको मनोरम दृश्यावलोकन, सूर्योदय र सूर्यास्त, महाभारत पहाडहरुमध्येको एक उच्च पहाड र तनहुँको सबैभन्दा अग्लो चुचुरा छिम्केश्वरी २.३४ मिटर लेकमा अवस्थित छिम्केश्वरीमाई र बुढीदेवीमाईको दर्शन तथा जैविक विविधताले भरिपूर्ण छिम्केश्वरीलेक वास्तवमै उच्चकोटीको पर्यटकीय स्थल हो,’ उनले भने ।

महोत्सवका आकर्षण छिम्केश्वरी सप्तदेवी दर्शन, छिम्केश्वरी उकाली खुला दौड प्रतियोगिता, छिम्केश्वरी पदयात्रा, डाउनहील माउन्टेन वाइक प्रतियोगिता, होमस्टे मितेरी दौड प्रतियोगिता, विद्यालय स्तरीय कौरा नृत्य प्रतियोगिता, फागु र होमस्टे विशेष कार्यक्रम, लोक दोहोरी तथा सांस्कृतिक कार्यक्रम, कृषि तथा वन पैदावरको प्रदर्शनी, स्थानीय खानाका परिकार, स्थानीय परम्परागत खेल, फोटोग्राफी रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily