पातिस्वारा (गाेरखा)- दक्षिणी गोरखाको गण्डकी गाउँपालिकाको वडा नं २ ताङ्लिचोक स्थित पातिस्वाँरा गाउँको २६ घरमा पातिस्वारा मनमोहक होमस्टे खुलेसंग पर्यटक आगमनमा सुरुवात भएको छ ।
पर्यटन वर्ष सन् २०२० लाई लक्षित गर्दै गत पुस २७ गतेबाट होमस्टे संचालन गरिएकाे हाे ।
‘हाम्रो प्रतिवद्धता स्वास्थ्य प्राङ्गारिक खाना’ मुल नाराका साथ संचालन भएको होमस्टेमा गाउँमा उत्पादित विषादी रहित खानेकुरा लोकक कोदाको ढिडो, लोकल कुखुराको मासु, गुन्द्रुकको अचार, सिस्नोका तरकारी, लगायत पर्यटकले चाहे अनुसारको खाना खुवाईने होमस्टे संचालक समितिका अध्यक्ष आईटम गुरुङले बताए ।
हाेममस्टेबाट विहानीमा ताङ्लिचोकको रमाईलो डाँडबाट सूर्याेदयको राम्रो दृश्य देखाईने, नजिकै रहेको महादेव मन्दिरको दर्शन गराईने, महादेव डाँडबाट बेलुकीपख काठामाडाैँमा बलेको वत्तीको प्रकाशले आकास रातो भएको तथा नागढुङ्गाको घुम्तीबाटो देखिने, सन्धापख सूर्यास्तको दृश्य देखाईने, रातीकालिन कार्यक्रम अन्तरगत मगर चुड्का नाच, झयाउरे नाच, तथा रोधी संचालन गरिने होमस्टेका अर्का संचालक टंक नारायण श्रेष्ठले जनाए ।
यसरी जान सकिन्छ हाेमस्टे
गोरखा बजारबाट लक्ष्मीवजार, तिनमाने, घैरुङ बतासे, हुँदै पुग्न सकिने सो होमस्टे गोरखा सदरमुकामबाट करिब ३५ कि.मी दक्षिणमा अवस्थित छ ।
यस्तै, पृथ्वी राजमार्गको चुमखोलाबाट मकैसिङ हुँदै पातिस्वारा पुग्न करिव १५ कि.मी यात्रामा पुग्न सकिन्छ ।
हाल होमस्टे संचालनको पुर्वाधार र कार्यविधि सम्वन्धमा गर्न होमस्टे संचालक टेक बहादुर गुरुङ गण्डकी प्रदेश पोखरामा गएर तालिम लिई आईसकेकाले कसरी सञ्चालन गर्ने भन्नेमा उनीमा ज्ञान भएपछि अहिले गाउँका अन्यलाइ उनले तालिम दिइरेहका छन् ।
होमस्टे संचालन भएका घरहरुको सरसफाई, वाटो, फुलबारी , पर्खाल निर्माल लगायत कार्यहरुको गुणस्तरीय बनाईएको अर्का संचालक रमेश सिर्मलले जनाए ।
होमस्टेमा पोखराबाट ५० जना पर्यटक आई बास बसेको र यो गाउँको आतिथ्य सत्कार, खाना, आबास, गाउँको सुन्दरताले ज्यादै खुशी भएको अध्यक्ष गुरुङ जनाउँछन् ।
प्रतिक्रिया