+
Search

ताजा अपडेट +

पपुलर +

सतही जिन्दगीको ‘व्यर्थको गहिरो सोचाइ’

4KNationalDaily
२०७६ माघ २०, सोमबार २०:३९ बजे

बर्तमानमा जिउन बिगतका राम्रो पक्षलाई अगाल्दै नराम्रो पक्षलाइ भुल्न अनि भबिस्य प्रती चिन्तित हुँदा हुँदै मानिसका आधा जिन्दगि सकिने गर्दछ ।

कहिले काही हामीलाई आफ्नै जीवन अस्तित्वहिन लाग्छ । कहिले काही हामी आफ्नो जीवनप्रति बढी नै सोचमङ्न हुन्छौ । कहिले काही हामी जीवनप्रति यसै भयभित हुन्छौ । यी सब जिन्दगी प्रतिको नकारात्मक एउटा धारणा हो ।

आँखा खुलेदेखि राती सुतेर नचिम्लेसम्म जीवनकै बारेमा सोचमग्न हुन्छौ दिनभरिको कार्यमुल्यान्कन्मै ।

जीवन कस्तो बनाउने ?

कसरी बनाउने ?

भाबी योजना तर्जुमा गर्न अनि बिगतमा भएका कमजोरी लाई नदोहोर्‍याउन मन्मनै चिन्तन मनन र बहसमै आफुलाइ व्यस्त राखिरहदा जिबनका महत्त्वपूर्ण समय बितेको त पत्तै नपाइरहेका हुन्छौ हामिले ।

जीवन आखिर यसैपनि बित्छ । तर, हामी आयु घट्दै गइरहेको जीवनसँग डराइरहेका हुन्छौ । जीवनमा केही गरिएन भन्ने बोधले पनि झस्काइरहन्छ ।

कतिपय इच्छा, आकंक्षा, रहरहरु पुरा गर्न नपाएको तनाबले बेचैन बनाइरहेको हुन्छ भने मेहनतले प्राप्त गरेको सफलता प्रती पनि अझै हामी संतुष्ट बन्न सकिरहेका हुदैनौ ।

यसको मुख्य कारण भनेको हामिले जिन्दगी प्रती लिगेको धारण ।यति गर्नुपर्ने थियो, उति गर्नु हुँदैनथ्यो भन्ने कुराले पनि मनलाई अस्थिर बनाउँछ ।

हामी जीवनप्रति अलि बढी नै संवेदनशिल, बढी नै गंभिर पो हुँदैछौ कि ? सोचौं ।जीवनलाई धेरै गंभिरतापूर्वक लिनु पनि जिबनलाई खेर फाल्नु जस्तै हो ।

जीवनप्रति अनावश्यक सचेत र सर्तक हुन पनि जरुरी छैन ।अध्यात्ममा विस्वास नगर्ने हो भने जीवन मात्रै एक पटक मिल्छ ।, सबै कुरा भोग गर्नुपर्छ भन्ने आकंक्षाले पनि जीवनलाई जटिल बनाउँदै लगेको छ ।

हामी किन उदास हुन्छौ ?

किन निरास हुन्छौ ?

किन बेचैन हुन्छौ ?

किनभने हामीले आफ्नै जीवनसँग पनि बढी अपेक्षा गर्‍यौं । यो भएन, त्यो पुगेन, यसो गरिएन भन्ने प्रश्नै प्रश्नको भारिले मनभरी सकारात्मक र उत्प्रेरित हुने खालका विचारले प्रवेश नै पाउदैन ।

यी कुराहरुले हामीलाई आफ्नै जीवन बोझिलो र झन्झटिलो लाग्न थाल्छ । जीवनलाई प्रगती सङ तुलना गरेर हेर्छौ अनि आफ्नो मनलाइ खिन्न बनाउछौ अनावश्यक रुपमा अरुको चियो चर्चो गर्न हामी खुब माहिर छौ ।

त्यसैले तनाब मुक्त जीवन जिउन मुस्किल भैरह्र्कोछ यो भुमन्डलिकरणको युगमा ।

जिबनलाइ केही होइन यो त एक बारको रंगमन्चको नाटक त हो भन्ने सोचेर जीवनलाई सान्सारिक माया र मोह त्याग गरेर घर बार परिवार आफ्न्त र समाजलाई चटक्क छोडेर सन्यासी जीवन बिताउनेको जमात पनि नभएको होइन  ।

यो आधुनिक विस्वमा भने अर्को तर्फ जिबनलाई आवस्यकता भन्दा बढी महत्त्वपूर्ण सोचेर आफ्नो भन्दा बढी अरुको ख्याल गर्दागर्दै जिबनको उतरार्धमा पुगेपछि पस्चतावको अनुभुती गर्दै गर्दै गरेका ती बृद्ध मानिसको संख्या पनि कम छैन यो समाजमा ।

अर्को तर्फ समाजका यी दुख दर्द र पिडालाई देखेर उदार मन बोकेर आजिबन जिबनलाइ अरुको सेवामा समर्पित गर्नेहरुको समूह पनि कम छैन आजको विश्वमा ।त्यसैले जिबनलाइ जति हल्का र सहज रुपमा लिइन्छ, हामीलाई जिउन पनि उत्तिनै सजिलो हुन्छ जीवन ।

जीवन जिउने तरिकालाइ सामान्यिकरण गरौ । सरल ढंगले जिउने प्रयास गरौं । हामीलाई अनावश्यक डर, तनाव, बेचैनीले सताउनेछैन ।मानसिक बेचैनिले अत्याउने छैन ।

सकिन्छ मानबता देखाउ विश्व मानव समुदायमा सकिँदैन अरुलाइ दुख दिने र बिझाउने काम गर्दैनगरौ भोलिको कुराले आज हामी भयाभित हुन जरुरी छैन ।

भोलि आएकै छैन ।

भोलि के हुन्छ ?

हामीले देखेकै छैनौ । कहिल्यै नआउने भोलिसँग किन हामी भयाभित हुने ?

आउने र नआउने निश्चिति नभएको भोलिलाई सम्झेर आजको यो समयको दुरुपयोग नगरौ । हिजो गरेका गल्ती, कमजोरी सम्झेर बिलौना पनि नगरौं । हिजो जे भयो, सकियो ।

हिजो भएका कमी-कमजोरी आज सच्याउन सकिदैन तर विगत बाट केही सिकिएकोछ भने बर्तमानमै प्रयोग गरौ ।

बर्तमानमै बाचौ ,जीवनलाई धेरै महत्वाकांक्षी नबनाउ ।सरल बन्ने प्रयास गरौं हाम्रो प्रयास नै हाम्रो जीवन जिउने कला बन्दछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily