जस्तोसुकै परिस्थितिमा पनि आफ्नो विवेक गुमाउनु हुदैन्र भन्दै भित्री आत्माले सोचेर गोठाले किसानको छोराले किसानको आशु पुच्छन आवजको जमर्को गर्दै बुढेसकालले चाउरी परेका अनुहार ।
कठिनाइ त कति होला कति समाजवाद उन्मुख देशमा आफ्नै श्रम र ऋणदाता लिएको महँगो ब्याजको पैसाले उत्पादन गरेको नगदेबाली उखुको भुक्तानी नपाउदा, अाफ्नै पसीनाकाे भीक्षा माग्न कठाङ्गरीदाे जाडोमा यी मधेसी किसान बाहरु ।
घामपानी नभनी कति मेहेनत गरेको होला यी गरिब किसानहरुले आखिरमा मेहेनेत गर्नेहरु नै यो अवस्थामा आउनुपर्छ भने, अरुले कति आशा गर्न जनबादी सर्वाहाराको नेता भएर सिंह जस्तै गर्जन छ्न।
पाँचतारे होटेलमा समाजबादको सप्ताह/पुराण वाचन गर्नेहरू गरिब किसानहरुको आवाजलाई बेवास्ता गर्दै चर्को स्वरमा हर्न बजाउदै अगुवा र पछुवाको लावालस्कर गर्दै सवारी गरेको देख्दा अति नै दुख लाग्छ ।
कस्ले सुनिदेला किसानको आवज,सुखि नेपाली समृद्ध नेपालको मुल नाराले राज्य संचालकहरुलाई गीज्याई रहेछ ।
किसानले जनतन दु:ख गरेर उत्पादन गरेको अन्नवालि फलफुलमा पनि भ्रष्ट माफियाहरुले लुट्न छाडेका छैनन र अझ सरकार भन्छ समृद्ध नेपाल सुखि नेपालीको नारा पूरा गर्देछौ !!
किसानहरु परिश्रमको मुल्य पर्खिंदा पर्खिंदै ऋणको बोझमा डुब्दै गए।
चाडवाड घरमा आपत–विपत् परेको समयमा पनि उद्योगबाट भुक्तानी नपाउँदा खर्च जुटाउन कति धौ–धौ परेको होला ।
मेरा यी किसान ‘बा’लाई !
कस्ले सुनिदेला ।
यिनिहरुको आवज,सरकारले समयमै उखुको मुल्य तोक्दैन, उद्योगीलाई नियमन पनि गर्दैन, सरकारी उदासिनताले उद्योग संचालकहरु भुक्तानी दिदैन राज्यकै सम्बन्धि ब्यक्तिहरु बहाना बनाई आलटाल गर्दै गर्दा बिचल्ली बनायो यी गरिब किसानलाई
कम्युनिष्ट सरकार आएपछि जताततै बिकासै बिकास भइरहेकै छ कोहि श्रमजिवि किसान कोहिपनि मारमा परेका छैनन् सबै तह तप्कालाई समान रुपले सरकारले ब्यबहार गरिरहेको छ ।
भन्न अझ छोडेका छैनन सर्वहारा वर्गका नेताहरु तर यी बबुरा कृषकहरु आफ्नै पसिनाको मुल्य माग्न यो ठन्डिमा त्रीपाल ओढेर सडकमा बस्न बिवस छन् धिक्कार होस,
राष्ट्रवादिको शासन सत्तामा किसान त्यसै भोक भोकै चिसो जाडो केही नभनी आफ्नो पसिनाको भिक्षा माग्दा सरकार तिमिहरुलाई कत्ति आत्मा ग्लानी हुदैन?
उमेरले साठी कटिसकेका यी ” किसान बुबा”हरु माफियाका विरुद्व लडाइँ लड्न सर्लाही,महोत्तरी ,धनुषा लगाएत तराईका जिल्ला देखी काठमाडाैंमा देख्दा साह्रै चित्त दुख्यो,यो कठाङ्गरीदाे जाडोमा कति दिन बस्ला खै !
थाेरै व्यवस्थाका कुरा गरे होला त धेरै बाध्यताका वेदनाका कुरा,भावुक हुँदै बाेलेका अनि भाबबिहोल बनेको तस्बिर देख्दा कस्को मन नकुडिएला र तर लाग्छ याे सहरमा उहाँहरुका वेदना सुन्ने फुर्सद याे व्यवस्था भित्रका राज्य संचालकलाई छैन ।
ए सर्वहारा बर्गको सरकार के किसानकाे अावाजमा अावाज मिलाउन सक्छाै ?
सर्वहारावर्गका जुकाहरु अब कति ढाडिन्छौ !कृषिप्रधान देश भन्दै किसानलाई कति लुट्छौ?सरकारको काम जनताबाट कर मात्र असुल गर्ने हो त?
हैन भने ती विचारा किसानहरुको समस्या विलम्व नगरी समाधानको बाटो खोलोस्।सर्वहारा वर्गको कम्युनिस्ट पार्टीको सरकार भन्या छ ।
पाच तारे होटेलमा सभा र सेमिनार गर्न चाहिँ सकिन्छ तर किसानको पसिनाको कमाइ दिन किन हिचकिचाउने ? किसानले घुस नै दिदैन उनिहरुको पसिनाको मोल चाडै देउ सरकार ।
प्रतिक्रिया