दिउँसो २ बजे
चितवन मेडकिल कलेजको एउटा कोठा ।
९२ बर्षको एक हजुरआमालाइ लिएर पाँच जना एकैसाथ आए । बोल्न र सुुन्न लगभग असमर्थ हजुरआमाको लक्षण सुनेपछि स्वासप्रश्वास सम्बन्धिका डाक्टर उनले भने, ‘म कहाँ किन ल्याउनुभएको त ? यो त अर्कै डाक्टरले हेर्नुहुन्छ नि’ ।
तपाँइलाइ बाहेक अरुलाइ देखाउनै नमानेकाले यतै ल्याएको सर । बिरामीका छोरा बोलिहाले ।
उनी आफू बसेको कूर्सीबाट उठे । हिड्ने साहारामा ल्याइएकी आमा छेउ गए । आफ्नो दुबै हात जोडेर आमाको हात सुम्सुमाए । अनि,पूरै बेलिबिस्तार सोधे । जाँचे अनि अर्को डाक्टरलाइ पनि देखाउनु है भनेर रिफर गरिदिए ।
अनि भने, “अर्कोपाली आउँदा माथी आउन पर्देन । मलाइ खबर गर्नु म तलै इमरजेन्सीमै आएर हेर्दिन्छु” । सबै जना खुसीसाथ हस् भने । अनि,बिदाइ भए ।
एउटा कुनामा यो सब हरिरहेको मलाइ लाग्यो बयोबृद्ध आमाले उनीलाइनै देखाउँछु भनेर जिद्धि त्यसै लिएकी होइन रहेछिन् ।
उनी अर्थात, डाक्टर सितल अधिकारी ।
हत्ता दिन पहिले
पर्सा घर भएका एक बिरामी मैथिलीबाहेक अरु भाषा राम्रोसँग नबुझ्ने रहेछन् । सँगै रहेका हरु डाक्टरहरु खाली रहँदापनि नगइ डाक्टर सितलकामै पालो कुरेर बसिरहे ।
उता जान आग्रह गर्दा उनले डाक्टर सितललाइ देखाएर भने ‘पहिलापनि उहाँले हरेपछि निको भएको थियो । आजपनि जति ढलिो भएपनि उहाँलाइनै देखाउँछु” । पालो आएपछि उनी डाक्टर सितलकोमा गए । पुरै काँपरिहेको शरिर देखेपछि डाक्टर सितलले भने, “किन कामेको ? आरामले यहाँ बस्नुन् त” ।
एकछिन बिरामीसँग उनले घरायसी गफगाफ गरे । सुरुमा बोल्न डराइरहेको बिरामी बिस्तारै खुल्न थाले । डाक्टर सितलले उनलनइ केहि हपतापछि फेरि आउने सल्लाह दिएर बिदाइ गरे । आजै फर्किने बिरामीको कुरा सुनेपछि भने — शुभयात्रा है ।
बिरामीले पुरै झुकेर डाक्टर सितललाइ हेर्दे आफ्ना दुइ हात जोडिरहे । धेरैबेरसम्म । मलाइ लाग्यो —उ जीन्दगीमा पहिलोपटक बिमार हुदाँपनि डाक्टरको ब्यवहार देखेर खुसी छ ।
डाक्टर सितलको दैनिकी यसैगरि बित्छ ।
बिहानै आठ बजे आएर पाँच बजेसम्म बिरामीमाझ बस्नु उनको दैनिकी हो ।
डाक्टर सितल अधिकारीको नाम मैले सिएमसीमा भर्ना भएपछि सुनेको हो । कयौले लगभग एकै चिज भन्थे— “ती डाक्टर त नामझैं सितल रहेछन् । कस्तो मिजासिलौ बोली” ।
उनलाइ नभेट्दै उनीबारे मैले एउटा इमेज बनाइसकेको थिएं । डिएमको सिलसिलामा काठमाण्डौं भएकाले सुरुवातका बर्षमा भेट्न पाइएन ।
तेस्रो बर्षमा हत्ताको एकदिन हुने कक्षामा पहिलोपटक उनले पढाउँदा भनेको सम्झन्छु , “हेर तिमीहरुले अबको बाँकी जीन्दगी यहि क्षेत्रमा बिताउने हो । अनि, यो यात्राको हरेक पाइलामा तिमहिरु ठोक्किने भनेको बिरामीहरुसँगै हो । उनीहरुसँग नम्र बोल । उनीहरुले पनि आफ्नोपन पाउनेगरि । अनि देख्नेछौं,उपचारमा आउने फरकपन” ।
उनको बोलीभन्दा बिल्कुल फरक छ बिरामीसँग डाक्टरले बिरामीसँग गर्ने ब्यवहार । यो पाँच बर्षमा मेले बिरामीको हरेक कुरा सुन्नुपर्छ भन्ने डाक्टरले आफूभने हेर्नेबित्तकै ओषधी लेखेर दिएको देखेको छु । नम्र बोल्नुपर्छ भन्ने डाक्टरले बिरामीले केहि प्रश्न गरेमा दिने रुखा जवाफपनि सुनेको छु ।
यसमा डाक्कटर सितल अपवाद रहेछन् । सायद त्यसैले उनैलाइ भेट्न मानिसहरु सुदुर पूर्वदेखि काठमाण्डौंबाट पनि आउँछन् । गंगालाल ह्दयकेन्द्रबाट रिफर पाएर आएका एक बिरामीले भनेझैं —तपाँइबारे काठमाण्डौंमा धेरैबाट सुनेपछि यतै आएको ।
डाक्टर सितल गोर्खाली हुन् ।
चितवनलाइ कर्मथलो बनाएका उनैलाइ भेट्न दिनहुँ कयौं गोर्खाली बिरामी आउँछन् । हरेकलाइ गाउँको हालखबर खोध्छन् । बिरामीहरु आफ्नो पीडा खुलस्त सुनाउँछन् । कहिलेकाँही बिरामीसँग जिस्किन्छन् ,अब म गोखालीलाइ हेर्दिन ।
बिरामीपनि मस्त हाँसिदिन्छन् ।
यो लेख पढरिहनुभएका गार्खालीहरुले डाक्टर सितलसँग जचाँएको भए उनले देखाएका न्यानोपनको सम्झना पत्रपत्रमा आइसक्यो होला ।
कि कसो ?
केहिसमय अघिसम्म चार सय रुपँया लाग्ने टिकट उनले पचास रुपँयामात्र लिने गरेका छन् । आउनेबित्तिकै कोहि बृद्धा भए उनीहरुलाइ जचाइहाल्छन् ,रिपोर्ट आए नआएको आफैं बुुझ्छन् ।
हरेकलाइ नाता लगाएर बोल्ने डाक्टर सितलसँग बिरामीले सायद अपनत्व महसुस गर्छन् र त उनैलाइ देखाउन हत्तौं कुरिरहन्छन् ।
केहि पहिले चारसयको टिकट काटेर उनलाइ देखाउन गएका एक गोर्खाली दाइले मसँग भनेका थिए —तँसँग पनि मैले पैसा लिन्छु त भनेर काटिसकेको टिकटको पैसापनि फिर्ता दिए बुढाले त ।
बिरामी डाक्टरबीचका सम्बन्धमा चिसोपन बढिरहेको यो समयमा डाक्टर सितल बिल्कुल फरक छन् ।
तर ,
नेपाली समाजको बर्तमानको एक कटुसत्य भन्नैपर्छ ।
डाक्टर सितल अहिलेका डाक्टरको एक प्रतिनिधि उदाहरण होइनन् । उनी अपबाद हुन् ।
पैसाकै लागि बिरामीलाइ अनावश्यक जाँच गराउनेको भीडमा बिरामीलाइ आफूले गराउन लागेको टेस्टबारे बुझाउँछन् । सँगै,स्वास्थबिमा गराएको भए पैसा नलाग्ने बताउँदै बिमा गराउन पे्ररित गर्छन् ।
भलै, उनीभन्दा जुनियर कयौं डाक्टरले बिमाको बिरामी आफूकहाँ पठाएको भन्दै सिस्टरलाइ झपारेको मैले देखेको छु।
अनि त म कहिलेकाहिँ आफैंसँग सोध्छु – आफुभन्दा बिल्कुुल भिन्न समकक्षिसामु डाक्टर सितल किन-कसरी अपबाद बने होलान् ?
डाक्टर सितलबाट मजस्ता बिद्यार्थीसँगै अन्य कयौंले सिक्नुपर्ने कुरा असंख्य छन् ।
“ल,अब आउन पर्दैन है । केहि दिनमै ठीक हुन्छ”।
डाक्टर सितलको यो बोलीको उत्त्रमा उनले भने — तपाँइ त मेरो भगवान हो । ठीक भएपछि पनि तपाँइलाइ भेट्नकै लागि भएपनि आउँछु । पीडामात्र होइन ,म तपाँइसँग मेरा जीन्दगीको खुसीपनि साट्न चाहन्छु” ।
डाक्टर सितल मात्र मुस्कुराए ।
एउटा कुनामा बसेर यो घटनाको प्रतक्ष्यदर्शी बनिरहेको चिकित्साक्षेत्रको एक बिद्यार्थी मलाइ एउटा पाठ सिकायो- एउटा डाक्टरले पाउनसक्ने उच्चतम सम्मान बिरामीबाट निस्कने यी यस्ता वाक्यनै हो ।
प्रतिक्रिया