+
Search

ताजा अपडेट +

पपुलर +

बिस्तारवादको नारा कहिले सम्म !

4KNationalDaily
२०७६ मंसिर ११, बुधबार १८:५१ बजे

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’

सिमा बिबादको विरुद्ध पहल कदमी गर्ने कस्ले निस्वार्थ नेपाली श्रमजिबि जनता कि जिम्मेवार सरकारले?

छिमेकी पहिलो प्राथमिकता भन्दै आएको भारतले भर्खरै सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागमा गाभ्नु कस्तो मित्रता ?

भारतसङ्ग प्रायः सिमा जोडिएका छिमेकी राष्ट्रहरु चीन, पाकिस्तान, बङ्गलादेश,नेपाल सबै सङ्ग सिमा बिबाद छदैछ।

सिक्किमको अस्तित्व समाप्त पारेको भारतको नियत यहिबाट थाहा हुन्छ भारतको नेपालको भु- भाग प्रति देखिएको दृष्टिकोण के हो ?

भारतले जम्मु कश्मीर र लदाखलाई दुई प्रदेश बनाएर नक्सा जारी गर्‍यो पाकिस्तान प्रशासित कश्मीर पनि भारतको त्यो नयाँ नक्सामा परेको हुँदा पाकिस्तानले विरोध गरेको छ  ।

पाकिस्तान सरकारले त्यो नक्सा मान्य नहुने भन्दै संयुक्त राष्ट्र संघमा जाने चेतावनी दिइ रहदा यस विषयमा नेपाल सरकारले भने औपचारिक धारणा अहिलेसम्म सार्वजनिक किन गर्न सक्दैन ?

भारतले जारी गरेको नक्सा सुगौली सन्धि विपरित छ।उसले जारी गरेको नक्सामा काली नदीपूर्वको केही क्षेत्रसमेत भारतमा पारेको छ।

भारतको यो दादागिरीको कडा रुपमा प्रतिवाद गर्ने बेला आयो, यो बिस्तारवादीहरुको दादागिरी देख्ने श्रमजिवि जतता र विद्यार्थीले मात्रै या अन्य राजनीतिक पार्टी पनि छन् ।

सिमा बिबाद देख्ने ? भ्रस्टाचारको बिरुद्ध आवाज दिने विद्यार्थी र पीडित जनता, सिमा बिबादास्पद निणयको विरुद्ध आवाज दिने विद्यार्थी, सरकार प्रमुखको साथै मन्त्रीमण्डल, कर्मचारी युनियन, सुरक्षा निकाय भित्रको (नेपाली सेना, शसत्र प्रहरी,जनपथ प्रहरी) केका लागि ?

कहिले सम्म लगाउने बिस्तारवादको नारा ?

सर्वहारा बर्गका जनताले राको बालेर बिरोध गररे हुने केही होइन बरु राष्ट्रवादका नाराले सत्तासीन ज्युहरु, नेपाली सेनाको साथ कालापानी र लिपुलेकमा गस्ति गर्दै नेपाली सेनाको ठुलो क्याम राख्नको लागि पहल गर्ने कि ?

भारतलाई १ इन्च पनि नेपाली भुमि मिच्न नदिने सङ्कल्प गर्दै लिपुलेक लिम्पियाधुरा र कालापानी मात्र होइन टिष्टा देखि कांगडा सम्म नै नेपाली भुमि हो अनि कि छोड्ने ।

के छिमेकीको भिक्षा र दाइजोमा आएको हो हाम्रो देशको स्वाधीनता?? वीर बलभद्र कुवर र ७० बर्षे भक्तिथापाले पानी पनि नभनी प्याकप्याक हुँदै पू्र्खाहरुले लडेर जोगएको स्वाधीनता हो, के नारा लगाउदैमा समस्या समाधान होला त ?

काठमाडौंमा भासण गरेर हैन उच्चस्तरीय राजनीति र कुटनैतिक पहल नगरी सिमा विवाद कसरी सफल होला? सत्तापक्ष र प्रतिपक्ष शिर्ष नेताहरु नाटकिय भुमिका खेलेका देखिन्छन्।

राजदुतावासलाई समेत पत्र काटेर यथार्थ नबुझ्ने सरकार बाट कति अपेक्षा गर्ने?केही दिन अगाडि मात्रै दुई अर्बको हेलिकप्टर नेपाली सेनाले खरिद गर्यो रे त्यो के को लागि ?

देशको सिमाना विस्तारवादीहरूले मिच्दै गर्दा नेपाली सेनाले प्रतिरोध नगर्ने हो भने सेना किन र सेनालाई अर्बौंको हातहतियार किन? यसको निर्देशन के सरकारले दिन सक्दैन ?

राजनिती गर्नेहरुले जनताकाे नाममा धेरै राजनीतिक गरे अब मौका अाएकाे छ, बिस्तारवाद नारा मात्रै होइन, सार्बभौम र अखण्डताको लागि ३ करोड नेपालीहरु एकजुट भएर देशकाे लागि लड्ने पुर्खाहरुले लडेर बनाएकाे मातृभुमिलाई जाेगाउनु हाम्रो दायित्व हो भन्ने सोचौं।

छिमेकी देशले बुझोस,नेपाल सरकारलाई दबाब दिनु जरुरी छ सिमा बिबाद जस्तो विषय सरकारले सुल्झाउने होइन र ?

हाम्रो निदाएको सरकार चाडो उठोस र प्रतिक्रिया आओस् , आफ्नो देश सुरक्षा सरकारले गर्दैन भने सरकार ढाल्नको लागि सडक आन्दोलनका बुलन्द आवाज निस्क्ने छ्न।

वीर पू्र्खाहरुलाई सामन्तवादको प्रतीकको रूपमा देख्न लगाइएका राजनीतिक दलहरुले कति गर्ने हो हालिमुहाली?? नेपालले यस्तो हालत कहिले बेहोर्नु पर्छ  ?

भारतिय भन्दा पनि नेपाली नेता मुर्दाबाद भनेर उफ्रिने दिन यहि परिस्थिति र काम गराइले छिटै नआउला भन्न सकिन्न ।

सत्ताशिनहरु कानमा तेल हालेर बसेका छन स्वसितपीडित जनताले भारतिय बिस्तारबाद मुर्दाबाद भन्यौं अमेरिकी सामराज्यवाद मुर्दाबाद भन्यौं के पायौं त खै ? अझैपनि पाउने केही छैन !

अब पनि हामीले पाठ नसिक्ने ?

राष्ट्रियताको मुद्दा,होस या जनताको मौलिक अधिकारको मुद्दा यो कुनै एउटा पार्टीको,एक ब्यक्तिको हुन सक्दैन यो राष्ट्रिय मुद्दा हुनुपर्छ।

राष्ट्रियताको बिषयमा छिमेकीलाई छुद्र बचनले चर्को स्वरमा गालि गरेर राष्ट्रिबादी हुनु भन्दा आफ्नो जनताको मौलिक अधिकार सुनिश्चित गरि देश र जनतालाई माया गरि देशभक्त हुनु राम्रो हुनेछ ।

पहिले हाम्रो सोच दृस्ठिकोण परिवर्तन गरौ अनि परिवार ,समाज र देश परिवर्तन गर्ने सङ्कल्प गरौ,चन्द्रसुर्य झण्डामा आफ्नो गौरब देख्ने सम्पुर्ण नेपाली एक हौ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily