काठमाडौं- नेपाली सेनाले इन्डोनेसियाबाट खरिद गरेको नयाँ विमान काठमाडौँ आइपुगेको छ ।
सैन्य ‘ट्रान्सपोर्ट’ सुविधाका लागि सेनाले दुई वर्षअघि सीएन २३५–२२० विमान खरिद सम्झौता गरेको थियो ।
सो विमान इन्डोनेसियाको सरकारी कम्पनी पीटी डिरागान्ताराले निर्माण गरेको हो ।
सेनाका अनुसार, विमान इन्डोनेसियाको वेस्टजाभा बान्डुङस्थित हुसेन सास्त्रानेगारा एयरबेसबाट काठमाडौँको लागि उडेको थियो ।
विमान निर्माण तथा खरिदका लागि सेनाले सन् २०७४ सालमा पीटीडीआईसँंग ३० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब ३८ करोड रुपियाँ) सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, यो विमान बहुउपयोगी छ ।
विशिष्ट व्यक्ति (भीभीआईपी) को हवाई यात्रादेखि कार्गो सुविधा समेत सञ्चालन गर्न सकिने जनाइएको छ ।
नेपाली सेनासँंग हाल १२ वटा सञ्चालनमा र १५ वटा ग्राउन्डेट गरी २७ वटा हवाई साधन छन् ।
प्रतिक्रिया