प्रधानमन्त्री ज्यु!!
सधैं देश र जनताको लागि भनेर दौडादौड गर्नुहुन्छ,आफ्नो स्वास्थ्य र उमेरको पनि ख्याल गर्नुहोस्।
तपाईलाई आरामको धेरै भन्दा धेरै आवश्यकता देखिन्छ!उपचारको क्रममा राज्यबाट दिने सहयोगमा कुनै कमि नहोस्, उहाँ बिरामी पर्नु भनेको मुलुक बिरामी हुनु हो।
नेकपाले उहाँलाई भारी जिम्मेवारीबाट मुक्त गरेर आराम दिलाउनुपर्छ।सर्वप्रथम प्रधानमन्त्री ज्युलाई शिघ्र स्वास्थ्य लाभको कामना!!
मुलुकको कार्यकारी प्रमुख,प्रधानमन्त्रीको स्वास्थ्यको सबैको चासो र चिन्ताको विषय हो!उहाँको स्वास्थ्य अवस्था जान्ने अधिकार नागरिकलाई पनि छ।
समयमै सही सूचना दिइयो भने कसैले अफवाह फैलाउन पाउँदैन, प्रधानमन्त्रीले बिकासका काम गरेर मर्ने धोको छ भन्ने अभिव्यक्तिलाई सम्मान गर्दै, उहाँले थालनी गर्नु भयको समृद्धिको यात्रा,पुरा गर्न हामी जनताले सचेत भइ अजारक नभई होइन सहयोग गर्नु पर्छ।
प्रधानमन्त्री ज्युको सल्लाहाकार, निजि सचिवालयको तर्फबाट भनाइ आउँछ दैनिक १८/१९ घन्टा खट्नु हुन्छ रे,एउटा स्वस्थकर ब्यक्ति समेत यसैगरी खट्न मुस्किल नै पर्नेछ, बुबा समानको प्रधानमन्त्रीको स्वास्थ्य अबस्थाको प्रमुख जिम्मेवारीको लागी पारिवारिक स्रोत, निजि सचिवालय, र सिङ्गो पार्टीलाई अनुरोध छ।
मानबीय नाताले उहाको हित र जित चिताउने हो भने अब उहाँलाई कुनै पनि जिम्मेवारीको भारी नबोकाईकन उहाँले दिनुभएको अतुलनीय योगदानको सम्मान गर्दै, आराम गरेर बस्न दिनुपर्छ।
म चाहन्न हाम्रा प्रधानमन्त्री केपि शर्मा ओली ज्यु, बारम्बार बिरामी हुनुभएको र हस्पिटलमा बस्नु परेको समाचार सुन्न,
प्रधानमन्त्री ज्युको चाहाना त होला!!
बिदेशीएका ८० लाख युवालाई स्वदेशमा रोजगारी सिर्जना गरेर स्वदेश फिर्ता गर्ने, शिक्षा नीतिमा आमूल परिवर्तन गरेर देशका सबै युवालाई गुणस्तरीय, प्राविधिक र सीपयुक्त शिक्षा दिने, प्रदेशहरूमा अन्तर्राष्ट्रिय स्तरका प्राविधिक विश्वविद्यालय खोल्ने र स्थानीय तहसम्म प्राविधिक र सीपमूलक शिक्षाको व्यवस्था, त्यसको सँगसँगै श्रम र श्रमिकलाई हेप्ने र श्रम नगर्नेहरूलाई ठूलो ठान्ने गलत श्रम–संस्कृतिलाई बदलेर श्रमको सम्मान गर्ने संस्कृति आमरूपमा नै विकास गर्ने महिला र दलितको श्रमको सम्मान गर्ने ।
साथै, सामाजिक सांस्कृतिक अभियान चलाउदै उद्यमशीलतामा जोड दिदै आम नागरिकलाई उद्यमशील बनाउने र सबै नागरिकलाई रोजगार, स्वरोजगार बनाउने गरिव निमुखा जनताको छोराछोरीलाई बलिको बोको बनाएर आफ्ना साखा सन्तानहरुलाई मोजमस्ती गराउने अपारदर्शी, जबाफहिन, अयोग्य शासकहरुलाई जेलमा कोच्ने र शुसासन र सदाचार युक्त समाजको परिकल्पनाको साथ समृद्ध नेपाल शुखी नेपालीको अभिभारा पूरा गर्ने!! हामी चाहान्छौ”समृद्ध नेपाल शुखी नेपाली”को आभास प्रधानमन्त्री ज्यु स्वयं ले पनि लिनुपर्छ ।
राम्रो काम गर्दा गर्दै पनि चौतर्फी आलोचनामा पर्नुभएको पनि होला!!प्रधानमन्त्रीको कुर्सिमा आँखा गाड्ने स्वार्थी ब्वासाहरु धेरैछन्, होला !
स्वास्थ्य जस्तो संबेदनसिल बिषयमा पनि राजनीति खिचातानी गर्नेपनि होलान।
भयो छोडीदिनुहोस् स्वास्थ्यले साथ दिएन आराम गर्नुहोस् लोकतान्त्रिक युगको चरणमा, प्रधानमन्त्रीज्युले दिनु भएको अतुलनीय योगदानको कदर गर्न कुनै कसर बाकी राख्ने छैन ।
जुन जोखिम मोलेर सामाजिक चेतनालाई यहाँ सम्म ल्याउनु भयो त्यसको जिम्मेवारी भुमिका निभाउनेगरि आराम गरियोस्।
अन्त्यमा! प्रधानमन्त्री ज्यु मात्रै एउटा अनुरोध ,
अहिले नेपालको राज्यव्यवस्था र भ्रष्टाचार पर्यायवाची जस्तै बनेका छन्। नेपालमा राजनीतिक दल, कर्मचारीतन्त्र, न्यायालय र सुरक्षा अङ्ग सबै ठाउँहरूमा भ्रष्टाचार र अनियमितता हुने गरेको छ।
नेपालमा उद्यमशील पुँजीवाद भन्दा बहुराष्ट्रिय निगमका एजेण्टहरू मार्फत कमिशनखोर पुँजीवाद फष्टाइ रहेको छ। राजनीतिक दल, कर्मचारीतन्त्र र न्यायालय लगायत राज्यका सबै अङ्गहरू यसका बाहक बनेका छन्।
तसर्थ, भ्रष्टाचारको समग्र अन्त्य गरी राजनीति र सार्वजनिक सेवाको क्षेत्रमा सुशासन र सदाचार कायम गर्नु समाजवादको आधारभूत लक्ष्य प्राप्त गर्नको लागि संघीय लोकतान्त्रिक गणतन्त्रको ब्यबस्था भित्र रहेर अहिलेको शासकीय स्वरुपलाई परिमार्जन गरि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली र बिज्ञ्यता हासिल गरेका ब्यक्तिहरुको मन्त्रीमण्डल, खर्चिलो, अपारदर्शी निर्वाचन प्रणालीको विकल्प पुर्ण समानुपातिक निर्वाचन प्रणाली सहितको ब्यबस्थापिका संसदको लागि संविधान संसोधनको प्रस्ताव अगाडि सार्दै नयाँ युगको थालानी गरिदिनु !!
लोकतान्त्रिक ब्यबस्था अझै मजबुत हुनेछ।!
प्रतिक्रिया