काठमााडाैं- दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका युवा लेखक तथा अभिनेता जीवन थापाद्वारा अभिनित नयाँ म्युजिक भिडियो ‘दुईवटा मुटु एउटै भएको रात’ सार्वजनिक भएको छ ।
भिडियो गीतकार सुखकला राईको युटुब च्यानलबाट सार्वजनिक भएको हो ।
गायक तथा संगीतकार कृष्णभक्त राईको स्वरमा ‘दुईवटा मुटु एउटै भएको रात’ बोलको आधुनिक गीतको म्युजिक भिडियोमा गायक स्वयंको
संगीत छ रहेको छ ।
गीतकार तथा छायाँकार राज बान्तावाको छायाँकन तथा निर्देशन रहेको उक्त भिडियोमा अभिनेता थापासहित लक्ष्मी ल्वागुन र देवाहाङ राईले अभिनय गरेका छन् ।
भिडियोको सम्पादन शिरकुमार साम्पाङले गरेका छन् । भिडियोमा सुनसरी जिल्लाको धरान सेरोफेरोका सुन्दर दृश्य समेटिएको छ ।
भिडियाे
प्रतिक्रिया