+
Search

ताजा अपडेट +

पपुलर +

गोरखामा प्रहरीद्धारा अबैध ४ सय गाँजाको बोट फडानी

4KNationalDaily
२०७६ कार्तिक २, शनिबार १५:४१ बजे

गोरखा– जिल्ला प्रहरी कार्यालय गोरखाले सदरमुकाम क्षेत्र भित्र रहेका अबैध गाँजाको बोट बिहिबार फडानी गरेको छ ।

प्रहरीले गोरखा नगरपालिका–८ रानीबन क्षेत्रमा लगाइएका अबैध गाँजा फडानी गरेको प्रहरीले जनाएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत जिल्लाभर गाँजा फडानीको अभियानलाई तिव्र पारेको प्रहरीले सदरमुकामको रानीबन क्षेत्रको वस्तीमा रहेका गाँजाका बोट फडानी गरेको हो ।

सो क्षेत्रमा रहेका ४ सय भन्दा बढि बयस्क गाँजाको बोट फडानी गरेको प्रहरीले जनाएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत शुरु गरिएको अभियानमा जिल्ला भित्र अहिलेसम्ममा २० हजार भन्दा बढी गाँजाको बोट फडानी गरी सकिएको प्रहरीको भनाई छ ।

फडानी गरिएका सबै गाँजाको बोटहरु प्रहरी कार्यालयको परिषरमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily