गोरखा- गोरखाका युवा गायक हरिराम परियारले ‘लाहुरे आयो’ बोलको नयाँ दोहोरी गीत बजारमा ल्याएका छन ।
अर्का चर्चित गायक रबिन लामिछानकोको शब्द रहेको गीतमा परियार र सिता गुरुङ्गले सुमधुर स्वर दिएका छन । लय स्वयम् गायक परियारले गरेका हुन् ।
लामो समय प्रदेशमा रहेको लाहुरे गाउँ आउँदा हुने रौनकको कथावस्तु लाई गीतले चित्रण गरेको छ । मिलन श्रेष्ठले निर्देशन गरेको यो लोकगीतको म्युजिक भिडियो गोरखामा नै छायाङ्कन गरेको गायक परियारले बताए ।
गीतको म्युजिक भिडियोमा परियार, सृजना किराती र अन्य कलाकारहरुको दमदार अभिनय रहेको छ । मोडल सृजनाको नृत्य अभिनयलाई धेरैले मन पराएका छन् ।
उक्त गीतको भिडियो निर्देशन मिलन गुरुङले गरेका छन् भने सह–निर्देशन परियार कै रहेको छ। छोटो समयमै धेरै दर्शक श्रोताले युट्य्बमा हेरेको छन् ।
भिडियो
प्रतिक्रिया