+
Search

ताजा अपडेट +

पपुलर +

शक्तिमा रहेकाहरु नै धमाधम पक्राउ पर्दै, के यिनीहरुमाथि कारबाही होला?

4KNationalDaily
२०७६ आश्विन ३०, बिहीबार ०७:३४ बजे

काठमाडौं- नेपाली समाजमा वर्षौंदेखि परिचित एउटा यथार्थपरक उखान छ ‘सानालाई ऐन ठूलालाई चैन।’

यो उखानले लोकतन्त्रलाई गिज्याइरहँदा पछिल्लो समयमा भने उच्च स्तरका व्यक्ति नै धमाधम पक्राउ पर्नुले कानुनी राजको अनुभूत हुन थालेको खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।

शक्तिमा रहेकाले जतिसुकै अपराध गरे पनि कारबाही नहुने प्रवृत्ति लामो समयदेखि रहँदै आयो। तर, वर्तमान सरकारले अपराध कर्म गरेका र शक्तिमा रहेकालाई समेत धमाधम पक्राउ गर्न थालेपछि भने केही आशा पलाएको छ।

तर कानुनी राजका यस्ता शृंखलाले निरन्तरता पाउलान्? सर्वत्र चासोका साथ यस्तै प्रश्न सोध्न थालिएको छ।

जनताबाट विश्वासको मत पाएर निर्वाचित भएपछि माननीय (सांसद) बनेका वा त्यसअघि उनीहरूले गरेका गलत क्रियाकलापको धमाधम भेद खुल्न थालेपछि उनीहरू पक्राउ पर्ने शृंखला बढेको हो।

विगतमा राजनीतिक शक्तिका आडमा विभिन्न गतिविधिमा सक्रिय रहेका सांसद तथा नेताविरुद्ध परेका उजुरीउपर प्रहरीले धमाधम एक्सन लिन थालेपछि उनीहरू पक्राउ परी कानुनी प्रक्रियामा आउन थालेका हुन्।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहारको आरोपमा १९ असोजमा पक्राउ परेपछि अन्य माननीयहरू तथा शक्तिमा रहेका अन्य विरुद्ध परेका उजुरीउपर समेत प्रहरीले धमाधम पक्राउ पुर्जी जारी गर्न थालेको छ भने केही सांसद पक्राउ परिसकेका छन्।

महरापछि नेपाली कांग्रेसका तर्फबाट रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित मोहम्मद अफताब आलम समेत प्रहरी हिरासतमा पुगेका छन्।

उनीमाथि १२ वर्षअघि पहिलो संविधानसभा चुनावका समयमा बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोग छ।

नेपाल प्रहरीका पूर्वएआईजी गंगा पाण्डे लोकतान्त्रिक देशहरूमा कानुनभन्दा माथि कोही नहुने र गल्ती गरेपछि कानुनी दायरामा आएर सजायको भागी हुनैपर्ने बताउँछन्।

सांसद पक्राउकै शृंखलामा अर्को पात्र राष्ट्रिय जनता पार्टी (राजपा) का तर्फबाट सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट निर्र्वािचत प्रमोदकुमार साहसमेत बनेका छन् । उनलाई प्रहरीले २८ असोजमा काठमाडौंबाट पक्राउ गरेको थियो।

जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा प्रहरीले साहलाई पक्राउ गरेको हो।

‘अपराध गर्ने सबैलाई कानुनी दायरामा ल्याउनुपर्छ’ शक्तिमा रहेर अपराध गर्नेलाई पक्राउ गरी कानुनी कारबाहीमा ल्याउनुले कानुनी राज स्थापना हुन लागेको संकेत गर्छ तर यो प्रक्रिया निरन्तर रहन्छ या रहन्न, त्यो भने हेर्न बाँकी छ।

अझै पनि भ्रष्टाचार गर्ने र अपराध गर्नेहरू उम्किरहेका छन् । ती सबैलाई क्रमशः कानुनी दायरामा ल्याउने र अपराध हुन नदिने हो भने सरकार पूर्ण रूपमा कानुनी राज स्थापना गर्न सफल भएको मानिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily