+
Search

ताजा अपडेट +

पपुलर +

सर्वोच्चले आदेश दिएको ७ वर्षपछि पूर्वमन्त्री आलम पक्राउ

4KNationalDaily
२०७६ आश्विन २६, आईतवार ११:५२ बजे

काठमाडौं– नेपाली कांग्रेसका सांसद महोम्मद अफ्ताव आलम रौतहटको गौरबाट पक्राउ परेका छन् ।

०६४ चैतमा भएको बम काण्डमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आलम राैतहट २ बाट निर्वाचित सा‌ंसद हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले आइतबार बिहान पक्राउ गरेको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जानकारी दिए।

विसं २०६४ सालमा बम बनाउने क्रममा पड्केर घाइते भएका केही व्यक्तिलाई आलमले इटा भट्टामा पोलेर मारेको अभियोग लागेको थियो। सर्वोच्च अदालतले २०६९ मा दोषी प्रमाणित गर्दै उनलाई पक्राउ गर्न आदेश दिएको थियो।

दोषी प्रमाणित भएको ७ वर्षपछि मन्त्री आलम पक्राउ परेका हुन्। २०१९ असार ५ गते जन्मिएका अफताब आलमले स्नातक (बिएससी) सम्मको अध्ययन गरेका छन्।

२०५३ सालको उपनिर्वाचन, २०५६ र २०६४ सालमा रौतहटबाट विजयी भएका आलमले ६ पटक विभिन्न मन्त्रालयहरु सम्हालिसकेका छन्।

२०३४ सालबाट नेपाली कांग्रेसबाट राजनितिक यात्रा सुरु गरेका आलम २०४५ सालदेखि पार्टीको कार्यबाहक सभापति हुँदै दुईपटक जिल्ला सभापति र एक पटक केन्द्रीय सदस्य भइसकेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily