काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन कायम गर्नका लागि प्रहरीको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
६४औं प्रहरी दिवशका अवसरमा प्रहरी प्रधान कार्यलयले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्ताे बताएका हुन् ।
प्रधानमन्त्रीले समाजमा प्रहरीको बहुआयामिक भूमिका हुने बताउदैं भने ‘समाजमा शान्ती कायम गर्न, सुशासन कायम गर्न, सामाजिक जनचेतना जगाउन प्रहरीको खास भूमिका हुन्छ ।’ थपे ‘नेपाल प्रहरी कै कारणले समाजमा शान्ती कायम भएको,अपराध घटेको छ ।’
प्रधानमन्त्री ओलीले देशमा राजनीतिक संघर्षको यूग सकिएर विकास र समृद्धिको युग सुरु भएको स्मरण गर्दै यसबेला विभिन्न बहानामा समाजमा हिंसा भड्काउन खोज्नेहरुसँग सरकार मुकदर्शक नबन्ने बताए ।
‘आर्थिक उन्नती र विकासको अभियान सुरु भएको यस समयमा गलत मनशायका साथ हिंसाको बाटो मा लागेका र जनतालाई शान्तीसँग बस्न नदिनेहरु असैंवधानिक र देशद्रोही हुन् ‘उनले भने ‘उनीहरुका अगाडी सरकार मुकदर्शक बन्दैन । कानुन बमोजिम कार्यवाही हुन्छ ।’
ओलीले अपराधमा संलग्न जो सुकैलाई पनि कानुनको दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिए ।
‘गैर कानुनी काम गर्ने जुनसुकै पार्टीको र जुनसुकै पदको भए पनि अनुसन्धानको दायरामा ल्याउनुहोस’ उनले भने ‘तपाईंहरुले अरु कसैले भने अनुसार होइन कानुनले भने अनुसार काम गर्नु पर्दछ ।’
प्रतिक्रिया