+
Search

ताजा अपडेट +

पपुलर +

अनि मनाउला संविधान दिबश ……………….. !

4KNationalDaily
२०७६ आश्विन ३, शुक्रबार १६:०८ बजे

नवीन क्षेत्री

विना कसुर अन्यायमा परेका जनताहरुलाई न्याय दिलाइयोस अनि मनाउला संविधान दिबश !

मानव तस्कहररुको हातमा परेर विभिन्न देशका कोठिहरुमा पुगेका चेलिहरुको छिटो उद्दार होस अनि मनाउला संविधान दिबश!

बलात्कार पछि हत्या गरियका हजारौ निर्मला पन्त जस्ता बालिकाहरु लाई बलात्कार गर्ने नरपिचासहरु लाई खोजी खोजी मृत्यु दण्डको सजाय होस ,अनि मनाउला संविधान दिबश!

बिकाश निर्माणको नाउमा ,करोडौं रुपिया पचायर अलपत्र पारियका अलपत्रे बिकाश निर्माणले जनताहरु लाई कति सास्ती भोग्नु परेको छ ताकी पुल हुने हो भने २ मिनेटको बाटो लाई २ घण्टा घुमेर आउनु पर्ने बाध्यता सृजना गर्ने कमिशन !

घुस खोरी दलालहरु लाई समातेर पाता कसोस अनि मनाउला संविधान दिबश ! चिया पसल देखि सिंह दरबार सम्म पुगेर भ्रष्टाचारको दलदलमा चुर्लुम्म डुबेका कयौ कर्मचारी र नेताकार्यकर्ता लाई पाता फर्काइयोस अनि मनाउला संविधान दिबश!

राजनीतिको खोल ओढेर बसेका ब्वासोहरु लाई चाहिँ जे गरे पनि छुट, हामी साधारण जनताहरु लाई निर्धक्क सङ्ग बाच्न पाउने अधिकार दिलाइयोस अनि मनाउला संविधान दिबश ! के दिउसो के साझ केही नभनी महिला तथा बालबालिका माथी भैरहेको यौन शोषन झन मौलाउदै गैरहेको छ ।

,त्यस्ता घृणित काममा लछाचुडी गर्ने पाखन्डिहरु लाई कानुन र सजायको घेरामा ल्याइयोस अनि मनाइला संविधान दिबश! राजधानीकै अन्तरास्ट्रिय विमानस्थल बाट ३८ किलो सुन छिराउन सक्ने र छिराउन दिने महान मानबहरु लाई हदै सम्मको काम कारबाही होस अनि मनाउला संविधान दिबश !

बिहान र बेलुकाको छाक टार्नकै लागि घाम-पानी हुरि-बतास भोक-प्यास केही नभनी आफ्नो ज्यानको बाजि थापेर स-साना व्यापार गर्ने सडक पेटिका गरिब जनता माथी प्रहरिले गर्ने ज्याजतीको अन्त्य होस अनि मनाउला संविधान दिबश!

बिहान र बेलुकाको छाक काटेर राज्य लाई कर तिर्ने जनता लाई सुख शान्ती कैले छैन, मात्र छन त करोडौं अर्बौं कर छलेर राज्य लाई खोक्रो पारिरहेका ठुला ठुला ब्यापार ब्यबसाय गर्ने लाई मात्र जसो गरे पनि छुट भैरहेको छ !

ठुला लाई चैन साना लाइ ऐन भने झै करोडौं अर्बौ कमाइ गरेका एनसेल जस्ता कम्पनी लाई राज्यले कर मिनाहा केका लागि गर्ने यी बिभेदहरु चाडो हटाइहोस अनि मनाउला संविधान दिबश!

देशको नियम कानुन सबै लाई बराबर लाग्नु पर्ने हैन र? राजनीतिकको दबाबमा कयौ लुटेराहरु,कयौ घुसपैठ गर्ने गद्द्दाहरु,कयौ चेलिबेटी बेच्ने धमिराहरु,कयौ बलात्कारीहरु नियम कानुनको दायरामा जेलमा नबसी खुल्ले आम सल्बलाइ रहेका छन ।

काममा अग्रसर हुने नेता तथा मन्त्रीहरु लाई खबरदार कसै लाई काख कसै लाई पाखा गर्ने कार्यहरुको अन्त्य होस अनि मनाउला संविधान ! नेपाली जनताहरु लाई साधारण रुघा खोकी लाग्दा जचाउन जाने राम्रो खालको अस्पताल छैन !

स-साना रोगकै कारण हजारौ बालबालिका तथा वृद्ध बा-आमा अकालै मृत्युको मुखमा पुग्न बाध्य छन तर यहि यस्ता गणतन्त्रको नारा लगाउदै सारा जनता लाई भ्रममा पार्दै रुघा खोकी होस या दातको उपचारको नाउमा करोडौं खर्चंदै बिदेशको महङ्गा महङ्गा अस्पतालमा उपचार गराउने सरकारका ठुला ब्यक्तिहरु सच्चियर नेपालकै अस्पतालमा उपचार गराउने बाताबरण रहोस ।

अस्पतालहरु अपुग छन भने नयाँ निर्मान गरून् त्यस पछि मनाउला संविधान दिबश ! देशमा लोकतन्त्र र गणतन्त्र ल्यायका सारा नेपाली जनताले आफ्नो स्वतन्त्रताको हक उपयोग गरेर बोल्नै नपाइने सरकार लाई केही भन्नै नपाइने यी सबै बन्देजहरु जनता माथी नलगाइयोस अनि मनाइला संविधान दिबश !

सरकारी कार्यलयको अस्त ब्यस्त पाराले जनता हैरान भैसके, सानो काम भय पनि घण्टौ लाइनमा बस्नु पर्ने ,घुसपैठ गरियो भने २ मिनेटमै काम फत्ते हुने ! सरकारी कर्मचारीको बोल्ने शैलीमा बाट सारा जनता निराश छन त्यसैले बेलैमा सबै कुराको हेक्का रहोस अनि मनाउला संविधान दिबश !

नेपाल कृषीप्रधान देश भन्ने अनि सबै नुन देखि सुन सम्म बिदेशिकै भरमा बाच्नु पर्ने जनता लाई भनेकै बेलामा रासायनिक मल पनि उपलब्ध गराउन नसक्ने, खेती किसान गरौ भने सिंचाइको लागि उचित पानीको ब्यबस्था नहुने अनि कसरी हुन्छ कृषिप्रधान देश हुन सक्ला !

यी सबै कुरालाई मध्य नजर गर्दै सदियौ देखि बगिरहेका कालीगण्डकी ,बुढिगण्डकी,त्रिशुली,भेरी,कर्णाली नारायणी जस्ता नदिहरु बाट लाभ लियर कृषिप्रधान देश लाई सबल र सक्षम बनाउ अनि मनाउला संविधान दिबश !

सरकारको भनाइ र गराइ देख्दा जनता दिगदार भैसके जनताले दिएको दुई तिहाइको कदर गर्दै सरकार सच्चियर जन-भावना अनुसार काम गरोस अनि मनाउला संविधान दिबश ! नत्र संविधानको नारा मात्र लगायर समृद्ध नेपाल सुखी नेपाली बन्न चाहिँ निकै कठिन छ है ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily