+
Search

ताजा अपडेट +

पपुलर +

यी २४ खतरनाक एप्स जसले तपाईको मोबाईलमा भएको डाटा सजिलै चोरी गर्छन्

4KNationalDaily
२०७६ भाद्र २९, आईतवार ०८:५१ बजे

काठमाडौँ- केही देख्नासाथ क्लिक गरिहाल्ने बानी छ भने ख्याल गर्नुहोस् । त्यसले जीवन नै बर्बाद गर्न सक्दा ।

किनकी तपाईंले बोक्ने स्मार्ट फोनमा रहेका डाटा सजिलै चोरी गर्ने खतरनाक एप्लिकेसनहरु रहेको तथ्य पत्ता लागेको छ ।

एउटा साइबर सेक्योरिटी कम्पनीले हालै एन्ड्रोइड स्मार्टफोनमा एक मालवेयर पत्ता लगाएको हो । यसले फोनमा रहेका डाटाहरु चोली गर्ने काम गर्दछ ।

उक्त मालवेयरले २४ वटा एन्ड्रोइड एपमा आक्रमण गरेको छ ।

ती एपका प्रयोगकर्ता ४ लाख ७२ हजार भन्दा धेरै रहेका थिए ।

मालवेयरले ती एपमा आक्रमण गरेसँगै प्रयोगकर्ताका डाटा जोखिममा परेको खुलासा भएसँगै गुगलले ती एपहरुलाई प्ले स्टोरबाट हटाइदिएको छ ।

गुगल प्ले स्टोरमा ती एप्सलाई एक नयाँ खाले ट्रोजनबाट संक्रमित पाइएको थियो ।

उक्त ट्रोजन भाइरसको नाम जोकर राखिएको छ । उक्त ट्रोजले विज्ञापन देखाउने वेबसाइटसँग चुपचाप सम्पर्क गर्दछ र एप्स प्रयोगकर्ताका डाटा ती वेबसाइटसँग शेयर गर्दछ ।

एपमा छिरेको उक्त भाइरसले स्मार्टफोनमा रहेका एसएमएसका साथै फोनको कन्ट्याक्ट लिष्ट तथा डिभाइसमा रहेका अन्य खाले जानकारी तथा डाटाहरु समेत लिएर अरुलाई दिने गर्दछ ।

यतिमात्र होइन यसले मोबाइल फोनको आइएमइआई नम्बर तथा सिरियल नम्बर समेतको जानकारी चोरी गर्ने गर्दछ । समाचार अनुसार मोबाइलको डाटा चोर्ने संक्रमित एपहरुबाट हालसम्म विश्वका विभिन्न ३७ देशका प्रयोगकर्ता प्रभावित भएका छन् ।

यी हुन् मालवेयरले आक्रमण गरी डाटा चोरी गरिरहेका एपहरु

-Advocate Wallpaper

-Age Face

-Altar Message

-Antivirus Security — Security Scan

-Beach Camera

-Board picture editing

-Certain Wallpaper

-Climate SMS

-Collate Face Scanner

-Humour Camera

-Ignite Clean

-Leaf Face Scanner

-Mini Camera

-Print Plant scan

-Rapid Face Scanner

-Reward Clean

-Ruddy SMS

-Soby Camera

-Spark Wallpaper

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily