+
Search

ताजा अपडेट +

पपुलर +

पुनःनिर्माण शुरु भएको १६ महिनापछि राखियो गोरखा दरबारमा मूल ढोका

4KNationalDaily
२०७६ भाद्र २८, शनिबार १९:३३ बजे

 गोरखा- ऐतिहासिक गोरखा दरबार पुनःनिर्माण शुरु भएको सोह्र महिनापछि आज बल्ल दरबारको मूल ढोका राखिएको छ ।

आउदो पुसको अन्तिमसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने दरबारको पुनःनिर्माणमा ढिलाई हुदा १६ महिनापछि मूल ढोका राख्ने काम सम्पन्न भएको हाे ।

दरबारमा पुरानै संरचना अनुसार बिधिपूवर्क परम्परागत शैलीको मूलढोका राखिएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले जानकारी दिए ।

‘यसअधि भुईतलामा रहने थामहरु राख्ने काम समेत सकिएको थियो, उनले भने, ‘त्यस बाहेका भुई तलामा परम्परागत इँट्टाको गाह्रो लगाउने काम पनि अहिले भईरहेको छ ।’

लामो समयदेखि बिभिन्न कारण देखाउदै निर्माणमा ढिलाई भईरहेको दरबारको पुनःनिर्माणले पछिल्लो समय गति लिएको उनले बताए ।

आउदो दशै अघिसम्ममा दरबारको पहिलो तला छाप्ने काम सम्पन्न गरिने दरबार पुनःनिर्माणको जिम्मा पाएको कम्पनीले जनाएकाे छ ।

‘भुईतलाका लागि आबश्यक पर्नेे थप पाँच वटा ढोका र आँखीझ्यालहरुको जडानको काम पनि अहिले भईरहेको छ’ उनले भने, काठको काम सकिएपछि बाँकी रहेको गाह्रोको काम सक्न त्यति धेरै समय लाग्दैन ।’

उनले परम्परागत गाह्रो लगाउदा चुनासुर्कीको प्रयोग गरिएकाले एकैदिन धेरै गाह्रो लगाउन नमिल्ने र त्यसलाई सुक्न दिनुपर्ने भएकोले केही ढिलाई हुनु स्वाभाविक भएको बताए ।

२०७२ साल बैशाख १२ गतेको बिनासकारी भुकम्पले पूर्णरुपमा क्षति पु¥याएको दरबारको पुनःनिर्माण पुरानै संरचनामा निर्माण गरिएको हो ।

राष्ट्रिय पुरातत्व बिभागसंग पुनःनिर्माणका लागि सम्झौता भएपनि पनि पटक–पटक दरबारको जग निर्माणका लागि डिजाइनमा परिवर्तन भएकाले आफुहरुलाई काममा तिव्रता दिन गाह्रो भएको श्रेष्ठले दावी गरे ।

कम्पनीले सम्झौता भएको २ बर्ष भित्रमा पुर्ननिर्माण सम्पन्न गर्ने गरी पुरातत्व बिभाग संग ठेक्का सम्झौता गरेको छ । सम्झौता अनुसार कम्पनीले करिव १७ महिना भित्र मन्दिर पर्नुनिर्माण सक्नुपर्ने गरी पुनःनिर्माणको सम्झौता भएको हो ।

२०७४ सालको कात्तिकमा ठेक्का सम्झौता भएर २०७५ सालको वैशाख ७ गतेदेखि विशेष साइत निकालेर दरबारको जग पूजा गरी पुनर्निर्माणको काम सुरु भएको थियो ।

तात्कालिन राजा रामशाहको पालामा बिक्रम संम्बत १६६६ ताका बनेको अनुमान गरिएको गोरखा दरबार रु ४ करोड ३७ लाख लागतमा निमार्ण हुन लागेको हो ।

नेपाल एकीकरणमा महत्वपूर्ण योगदान पु¥याउनु भएका तत्कालिन राजा पृथ्वी नारायण शाहको जन्मस्थल रहेको यो दरबार नेपालको महत्वपूर्ण ऐतिहासिक स्थल मानिन्छ ।

गोरखा सदरमुकाम भन्दा माथि पहाडको टुप्पामा रहेको यस दरबारको पश्चिम दिशामा देवी गोरखकालीको मन्दिर रहेको रहेको छ ।

ऐ्तिहासिक गोरखकाली मन्दिरको मुनीतिर गुफामा गोरखनाथको मन्दिर समेत रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily