+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौंको गोलढुंगामा गोली चल्यो, गुन्डा नाइके साजन गुरुङ घाइते

4KNationalDaily
२०७६ भाद्र २७, शुक्रबार १९:३४ बजे

काठमाडौं- काठमाडौंको गोलढुंगामा गोली चलेको छ। प्रहरीलाई मार्छु भन्दै हिँड्ने गुन्डा नाइके साजन गुरूङले प्रहरीमाथि गोली प्रहार गरेपछि प्रहरीले पनि जवाफी फायर गरेको हो।

गोली लागी गुरूङ घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको छ। गुरुङलाई उपचारका लागि वीर अस्पताल लगिएको छ।

अपराध महाशाखाको टोलीले उनलाई प्रकाउ गर्न खोज्दा गुरुङले गोली चलाएका थिए। यसपछि मात्र प्रहरीले गोली चलाएको महाशाखाले जानकारी दिएको छ।

घटनास्थलबाट प्रहरीले एक पेस्तोल र सोको गोली २ राउन्ड गोली बरामद गरेको छ। गुरुङमाथि अर्का गुन्डा नाइके पहलमान गुरुङको हत्या समेत गरेको आरोप लागेको छ।

को हुन् गुरुङ ?

गुरुङ धादिङका वासिन्दा हुन् । उनले निर्माण व्यवसायीसँग रकम असुल्ने गरेको प्रहरीसमक्ष उजुरी परेको थियो ।

स्रोतका अनुसार एक उच्च प्रहरी अधिकृतलाई हत्या गर्छु भनेर गुरूङले भनेको अडियो प्रहरी प्रधान कार्यालयसम्म पनि पुगेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily