+
Search

ताजा अपडेट +

पपुलर +

आरुघाटमा नागरिक सुनुवाई, एसपी अधिकारी भन्छन् – अब अपराध गर्नेहरुको दिन सकियो

4KNationalDaily
२०७६ भाद्र २५, बुधबार १५:३५ बजे

गोरखा– आरुघाटमा नागरिक सुनुवाई तथा दुरर्घटना न्यूनिकरण एवं आत्महत्या रोकथाम सम्वन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

समुदायि–प्रहरी कार्यक्रम अन्तरर्गत जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाको संयुत्त आयोजनामा आरुघाट गाउपालिकाको आरुघाट बजारमा सचेतनामुलक कार्यक्रम सम्पन भएको हो ।

कार्यक्रम जिल्लामा सबारी दुर्घटना न्यूनीकरणका लागी सबै सचेत हुनुपर्नेमा सहभागीहरुले जोड दिएका छ्न् । सबारी चालक र नागरिकहरु सचेत भए दुर्घटनाको जोखिम कम हुने सहभागीको भनाइ थियो ।

कार्यक्रममा गोरखाका प्रमुख प्रहरी उपरिक्षक (एसपी) ओमप्रसाद अधिकारिले सवारी चालक र मजदुरहरुले यार्त्रुहरुको सुरक्षामा विशेष ध्यानदिनु पर्ने बताए ।

उनले सवारी यात्रुले यात्रा अबधी भरी आफ्नो ज्यान चालकको जिम्मेवारीमा सुम्पेर हिड्ने भएकाले चालकले पनि आफ्नो जिम्मेवारी बोध गरी अनुसासित संम्यमीत भएर काम गनुपर्नेमा जोड दिए।

अर्को फरक प्रसंगमा एसपी अधिकारीले अब अपराधिक मानसिकता भएकाहरुको दिन सकिएको बताए । उनले नागरिकहरुको सुरक्षाका लागि प्रहरी प्रतिबद्ध रहेको भन्दै अपराधिक मानिसकता बोकेकाहरुलाई कानुनुी कठघरमा उभ्याउने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily