+
Search

ताजा अपडेट +

पपुलर +

लिगलिगकोट–सिरानचोक–गोरखा दरबार ‘म्याराथन दौड’को उपाधि थुमीका भीम वहादुर गुरुङलाइ

4KNationalDaily
२०७६ भाद्र २५, बुधबार १५:०८ बजे

गोरखा- ‘लिगलिगकोट सिरानचोक गोरखा दरवार खुल्ला म्याराथन दौड’ प्रतियोगिताको उपाधि आरुघाट गाउँपालिका थुमीका भीमबहादुर गुरुङले जितेका छन् ।

पूर्व सैनिक गुरुङले ३ घण्टा १७ मिनेट २ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गरेर पहिलो भएका हुन् । १ सय १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका गुरुङले एक लाख ५० हजार नगद पुरस्कार पाएका छन् ।

यस्तै, दुर्गाराज बुढा र सविन तामाङ क्रमश दोश्रो र तेश्रो भएका हुन् । प्रतियोगितामा पहिलो दोश्रो र तस्रो हुनेले क्रमश १ लाख पचास हजार, १ लाख र ५० हजार पुरस्कार पाएका छन् ।

नेपाली सेना, पालुङटार नगरपालिका, गोरखा नगरपालिका र सिरान्चोक गाउँपालिकाको संयुक्त आयोजनामा भएको सो म्याराथुनले नेपाल एकिकरण थलो गोरखालार्य पर्यटन वर्ष २०२० मा थप पर्यटक भित्र्याउने उदेश्यले आयोजना गरेको आयोजकले दावी गरेको छ ।

पालुङटार नगरपालिकाको लिगलिगकोटबाट शुरु भएको दौड सिरानचोक गाउँपालिकाको हर्मी, सिरानचोक हुँदै गोरखा नगरपालिकाको गोरखा दरबार पुगेर टुंगिएको हो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily