+
Search

ताजा अपडेट +

पपुलर +

डिअाइजी घिमिरकाे निर्देशन ‘कानूनको सर्वोच्चता र जनताको सर्वोपरितालाई केन्द्रविन्दुमा राखि सेवा प्रवाह गर्नु’

4KNationalDaily
२०७६ भाद्र २४, मंगलवार १८:२७ बजे

लम्जुङ- गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिअाइजी) विनोद शर्मा घिमिरेले कानूनको सर्वोच्चता र जनताको सर्वोपरितालाई केन्द्रविन्दुमा राखि सेवा प्रवाह गर्न माताहातका निकायलाइ निर्देशन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङको निरीक्षणमा पुगेका डिअाइजी घिमिरेले कार्यरत प्रहरी कर्मचारीहरुलाई जनमुखी प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन दिएका हुन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका सम्पूर्ण प्रहरी कार्यालयहरुको निरीक्षण एवम् अवलोकन गरि प्रहरी सेवा प्रवाहलाई समयानुकुल थप चुष्तदुरुष्त एवम् जनलक्षित बनाउने उद्देश्यले उक्त निरीक्षण भ्रमण कार्यक्रम अन्तर्गत लमजुङ भ्रमण गरिएकाे प्रदेश प्रशरीले जनाएकाे छ ।

निरीक्षण भ्रमणका क्रममा उनले जिल्ला स्थित प्रहरी कर्मचारीहरुको निरीक्षण गर्नुका साथै कार्यालयका विभिन्न शाखाहरुबाट सम्पादन हुने विविध गतिविधि एवम् कार्य प्रगतिको समेत निरीक्षण गरे ।

निरीक्षण पश्चात प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै उनले इमान्दार, सक्षम र उच्च मनोवलयुक्त प्रहरी कर्मचारीहरुबाट मात्रै जनताको सुरक्षाको कार्यभार प्रभावकारी बन्न सक्ने बताउँदै कानूनको सर्वोच्चता र जनताको सर्वोपरितालाई आत्मसाथ गर्दै जनतालाई नै केन्द्रविन्दूमा राखी लोकतन्त्र, कानूनी राज्यको अवधारणा एवम् नागरिकका संविधान प्रदत्त मौलिक हक एवं मानवअधिकारको उच्च सम्मान गरि
प्रहरी संगठनमा आई पर्ने चुनौतिहरुलाई व्यावसायिक तवरबाट सामना गर्दै कार्यक्षेत्रमा मन, वचन र कर्मले समर्पित रहन प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

उपलब्ध साधन श्रोत तथा जनशक्तिको अधिकतम प्रयोग गर्दै प्रहरी र समुदाय बिचको समन्वय र सहकार्यमा समाजमा घटित अपराध र अपराधजन्य समस्याको पहिचान र समस्याहरुको समाधानको माध्यमबाट अपराध रोकथाम गर्नुका साथै जनताको घरदैलोमा पुगी प्रभावकारी रुपमा प्रहरी सेवा प्रदान गरी आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउन हरेक प्रहरी कर्मचारी कटिवद्ध हुनुपर्ने उनले बताए ।

त्यसैक्रममा जिल्ला प्रहरी कार्यालय लजमुङका प्रमुख प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङ्गले डिअाइजी घिमिरे समक्ष जिल्लाको शान्ति सुरक्षाको अवस्था, सामाजिक अवस्था, अपराध तथ्याङक, जनशक्ति परिचालन लगायतको विषयमा बिफ्रिङ गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily