+
Search

ताजा अपडेट +

पपुलर +

‘अफगानिस्तानमा नेपाली सधैं निसानामा’

4KNationalDaily
२०७६ भाद्र २४, मंगलवार ०८:२६ बजे

काठमाडौं- अफगानिस्तानमा नेपाली सुरक्षा गार्ड सधैं आतंककारीको निसानामा रहेको भन्दै रोजगारदाता, कामदार आपूर्ति गर्ने कम्पनी र म्यानपावर कम्पनीबीच सम्बन्ध र जिम्मेवारी किटान गरेर मात्रै श्रमस्वकृति दिनुपर्ने भनी उच्चस्तरीय अध्ययन टोलीले दिएको सरकारले कार्यान्वयन गरेको छैन।

वैदेशिक रोजगार विभागबाट श्रमस्वीकृति लिएर अफगानिस्तानको काबुलमा कार्यरत नेपाली करिब ३ हजार छन्।

तीन वर्षअघि काबुलमा भएको आत्मघाती हमलामा १३ नेपाली सुरक्षा गार्ड मारिएपछि सरकारद्वारा गठित उच्चस्तरीय टोलीले अफगानिस्तानमा रहेका नेपाली सुरक्षा गार्डको अवस्था स्थलगत अध्ययन गरी सरकारलाई विस्तृत प्रतिवेदन बुझाएको खबर आजको कान्तिपुरमा होम कार्कीले लेखेका छन्।

प्रतिवेदनको महत्वपूर्ण सुझावलाई कार्यान्वयन नगरी सरकारले काबुलममा सुरक्षा गार्ड पठाइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily