+
Search

ताजा अपडेट +

पपुलर +

१६ किलो सुनसहित पक्राउ परेका गुरुङ जेल चलान

4KNationalDaily
२०७६ भाद्र १९, बिहीबार १९:४४ बजे

गाेरखा- १६ किलो सुनसहित पक्राउ परेका धनकमल गुरुङ जेल भलान भएका छन् ।

जिल्ला अदालत गोरखामा बुधवार भएको थुनछेक बहसपछि जिल्ला न्यायधिश रमेशकान्त अकिारीले उनलाई पुर्पक्षका लागि थुनामा राखेर कारवाही अघि बढाउने आदेश गरेका हुन् ।

गएको साउन ९ गते पक्राउ परेका गोरखाको धार्चे गाउँपालिका-३, केरौँजाका गुरुङविरुद्ध विभागले ३५ करोड ६६ लाख ७२ हजार रुपैयाँ जरिवाना माग गरेको थियाे ।

उनीविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ तथा विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार मुद्धा दर्ता भएको छ ।

विभागले गुरुङ विरुद्ध ३५ करोड ६६ लाख ७२ हजार रुपैया जरिवाना गर्न माग गरेको छ । गत साउन ९ गते बिहान गोरखाको धार्चे गाऊँपालिका ३ उहीयाको ओडारमा १६ किलो सुन भेटिएको थियो ।

प्रतिवादी गुरुङले बयानका क्रममा आफूले लोप्साङ लामा भन्ने व्यक्तिबाट सुन लिएको बताएका छन्।

गुरुङले दिएको बयानका आधारमा लामाको पूरा ठेगाना खुलेमा लोप्साङ लामाविरुद्ध पूरक अभियोग लगाएर अनुसन्धान गरिने अभियोग पत्रमा उल्लेख छ। बरामद भएको सुनको मूल्य ८ करोड ९१ लाख ६८ हजार रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily