काठमाडाैं- ट्वीटरका संस्थापक एवं प्रमुख कार्यकारी ज्याक डोर्सीको ट्वीट एकाउण्ट ह्याक भएको छ।
चक्लिङ्ग स्क्वाडका रुपमा आफूलाई परिचित गराएको ह्याकरको समूहले डोर्सीको एकाउन्ट ह्याक गरेको हो।
ह्याकरले उनको ट्वीटरमा अत्यन्तै आपत्तिजनक र रंगभेदी ट्वीट गरेका थिए। ती ट्वीट १५ मिनेटसम्म रहेका थिए । उनका चालिस लाखभन्दा बढी फलोअर्स रहेका छन्।
ट्वीटरले पछि सो एकाउन्टमा आफ्नो नियन्त्रण कायम भएको र ह्याकरबाट छुटाउन सफल भएको बतायो । ट्वीटरले ट्वीट गरेको छ, ‘अहिले एकाउन्ट सुरक्षित छ, र ट्वीटरले कुनै पनि सुरक्षात्मक प्रणालीमा सम्झौता गर्ने छैन।’
प्रतिक्रिया