काठमाडौं– प्रहरी प्रधान कार्यालयले शुक्रबार ५० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।
सरुवामा १५ जिल्लाको एसपी परिवर्तन गरिएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एसपी सरुवाको निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै मानवस्रोत एवम् प्रशासन विभागले भदौ महिनादेखिकै तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी एसपीहरुको सरुवा गरिएको हो।
गाेरखामा अधिकारी, रावल पुगे बाँके
गाेरखामा नयाँ एसपीका रूपमा प्रहरी प्रधान कार्यालय युयन जगेडा नक्साल काठमाडाैंका प्रकाश अधिकारी गाेरखा पुगेका छन् ।
गाेरखाका तत्कालिन एसपी भाेला रावलले मदिराले मात्तिएर प्रदेश डिअाइजी विनाेद शर्मा घिमिरेलाइ मोबाइल फोनमा आमाचकारी गाली गरेपछि उनकाे काज सरूवा भयाे ।
रावालकाे कर्णाली प्रदेश दगां नियन्त्रण प्रहरी गण खजुरा बाँकेमा सरूवा भएकाे छ ।
जव डिअाइजीलाइ एसपीले गित सुनाए
धेरै दिनदेखी प्रदेश प्रहरी कार्यालयको सम्पर्कमा नरहेका एसपी रावललाई जिल्लाको ट्राफिक व्यवस्थापन गर्न सचेतनामुलक कार्यक्रम आयोजना आदेश दिनका लागि डिआइजी घिमिरेले बुधबार धेरैपटक फोन गरे ।
तर, रावलको फोन उठेन । प्रदेश प्रमुख र जिल्ला इन्चार्जबीच सिधा सम्पर्क हुनुपर्ने हाे तर जिल्ला प्रमुखले हरेक दिनजसो प्रदेश प्रमुखलाई रिपोर्ट त कता हाे कता तर उल्टै गित सुनाएरपछि डिअाइजी घिमिरेले प्रदेश प्रहरी कार्यालयका एसपीसहितकाे टाेली गाेरखा पठाएपछि रावललाइ कार्वाहि रूवरूप बाँके पठाइएकाे हाे ।
कार्यालयसमयमा नै कार्यलयमा बसि मदिराले लस्ट भएका एसपी र तत्कालिन डिएसपि महेन्द्र नेपालकाे समेत सरूवा भइसकेकाे छ ।
प्रतिक्रिया