+
Search

ताजा अपडेट +

पपुलर +

परिवर्तनका लागि मृत्युबरण गर्ने सवैलाई सन्मान गर्न सिक्नुपर्छ : सांसद अधिकारी

4KNationalDaily
२०७६ भाद्र १४, शनिबार ०८:४४ बजे

गोरखा- गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद हरिराज अधिकारीले परिवर्तनका लागि मृत्युबरण गर्नेहरुलाई सवैलाई सन्मान गर्न सक्नु पर्ने बताएका छन्  ।

गोरखा नगरपालिका– १२ स्थित श्री महेन्द्र माध्यामिक बिधालयको नवनिर्मित भवनको आज उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् ।

यो परिवर्तनका निम्ति मर्नेहरु, योगदान गनेहरुलाई हामीले कुनै हिचकिचावट सन्मान गर्न सक्नुपर्छ, उनले भने, जननिर्बाचित प्रतिनिधिहरुले कुनपार्टी बाट जित्यो भन्ने भन्दापनि जितेपछि सवैको हो भन्ने ठानेर सवैलाई समान व्यवहार गर्नसक्नु पर्छ ।’

संबिधान नेपाली काग्रेस र कम्युनिष्ट मिलेर लेखेको भन्दै उनले संबिधानमा लेखेको कुरालाई सवैले पालना गर्नुपर्नेमा जोड दिए ।

सहिद पार्कको उचित संरक्षण नगरेकाेमा असन्तुष्टी 

उनले नगरपालिका १२ स्थित दरौदी नदिको पार्कमा जनयुद्धका बेपत्ता र सहिदको सन्मानमा निर्माण भएको सहिदपार्कको उचित संरक्षण गर्न स्थानिय सरकारले ध्यान नदिएको असन्तुष्टी समेत व्यक्त गरे ।

‘मैले सुनेको छु, सहिदपार्कलाई मासेर खेलकुद मैदान बनाउने प्रयास गरिदैछ रे, त्यो कुनै हालतमा मान्य हुदैन’, उनले भने, ‘बिगतको योगदानलाई भुल्ने प्रयास गरिए कुरो मिल्दैन ।’

अहिलेको निर्वाचन प्रणालीमा पैसा हुनेले निर्वाचन जित्ने र नहुनेले नजित्ने खालको अबस्थामा आएको भन्दै संसदमा पूर्ण समानुपातिक प्रणालीको निर्वाचनका बारेमा छलफल चलेको बताए ।

सांसद अधिकारीले शैक्षिक गुणस्तर बढ्न नसक्दा सामुदायिक बिधालय प्रति अभिभावकको आर्कषण बढ्न नसकेको बताए ।

‘हरेक अभिभावक आफ्ना बालबालिकालाई नीजि बिधालयमा पढाए मात्र गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्छन् भन्ने सोच्नुहुन्छ’, उनले भने, ‘नीजि बिधालयमा पढाउने, जापान अमेरिका, अष्ट्रेलिय पठाउने मात्र सोच्छौ, त्यसले त्यसले देशको बिकासमा भूमिका खेल्न सक्दैन ।’

शिक्षालाई पैसासंग दाँजेर हेर्न नहुने भन्दै अधिकारीले पैसा हुनेले राम्रो शिक्षा पाउने र नहुनेले नराम्रो शिक्षा पाउने व्यवस्था हुन नहुने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily