+
Search

ताजा अपडेट +

पपुलर +

पर्यटनमन्त्री भट्टराईको योजना : विमानस्थल २४ सै घण्टा सञ्चालन योग्य बनाउनेदेखि पशुपतिको आरती युट्युब लाइभसम्म

4KNationalDaily
२०७६ भाद्र ९, सोमबार २०:०१ बजे

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थल २४ सै घण्टा सञ्चालनयोग्य बनाउने बताएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ज्येष्ठ नागरिकलाई हवाइ यातायातमा ५० प्रतिशत छुट दिनेलगायत १४१ बुँदे घोषणा सार्वजनिक गरेका छन् ।

पशुपतिनाथको मन्दिरको आरती युट्युबबाट लाइभ गर्ने योजना सार्वजनिक गरेका भट्टराईले गैरआवासीय नेपाली संघको नेतृत्वमा एक नेपाली एक विदेशी साथी नेपाल पठाउ अभियान संचालन गर्ने बताए ।

यस्तो छ एक वर्षे कार्यक्रम

• नेपालको नागरिक उड्डयन क्षेत्रलाई युरोपियन युनियनको कालो सूचिबाट हटाउन आवश्यक पूर्व शर्तहरु पूरा गर्ने तथा यसका लागि नागरिक उड्डयन क्षेत्रमा नियामक र सेवाप्रदायक निकायको अलग अलग व्यवस्था हुनेगरी नयाँ कानूनहरु तर्जुमा गर्ने ।

• नेपालको पर्यटन क्षेत्रको विकासका लागि नयाँ ऐनको मस्यौदा तयार गर्ने ।

• लुम्बिनी, पशुपति र जनकपुर क्षेत्र विकास परिषदका नयाँ कानून तर्जुमा गर्ने ।

• साँस्कृतिक सम्पदाको संरक्षण र व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहसमेतको समन्वय र साझेदारी हुने तथा विकास समिति ऐनबाट गठित संस्थाहरुको कानूनी तथा संस्थागत पुनर्संरचना गर्नेगरी साँस्कृतिक सम्पदा संरक्षण र व्यवस्थापन सम्बन्धी छाता कानून बनाउने ।
पर्यटन क्षेत्रको विकास र नेपाल भ्रमण वर्ष

• नेपाल भ्रमण वर्ष २०२० मा कम्तिमा २० लाख पर्यटक भित्र्याउन प्रमुख १० ओटा स्रोत बजारहरुको पर्यटक आगमन प्रक्षेपण र त्यसका लागि आवश्यक कार्यक्रम संचालन गर्ने ।

• ग्लोबल पर्यटन सम्मेलन गर्ने

• पर्यटन लगानी सम्मेलन गर्ने

• सन् २०२० जनवरी पहिलो हप्ताभित्र विदेशमा रहेका नेपालका सबै कुटनीतिक नियोगहरु, मिसनहरु तथा सातै प्रदेशका राजधानीमा नेपाल भ्रमण वर्षको भब्य शुभारम्भ गर्ने । यसमा सम्माननीयहरु, प्रमुख प्रतिपक्षी दलका नेता र विभिन्न राजनैतिक दलका महत्वपूर्ण नेताहरुको उपस्थितिको व्यवस्था मिलाउने ।

• नेपालबाट बाहिरिने पर्यटकको भिषा स्टाम्पिङ, व्यागेज स्टिकर र बोडिङ पासमा नेपाल भ्रमण वर्षको लोगोसहितको स्टिकर राख्ने व्यवस्था मिलाउन अध्यागमन विभाग र सम्वन्धित विमान कम्पनीहरुसंग आवश्यक समन्वय गर्ने ।

• नेपालका प्रमुख प्राकृतिक तथा साँस्कृतिक सम्पदा अंकित विशेष पोष्ट कार्ड बनाई पर्यटकहरुलाई नेपालबाट बिदा हुँदा नेपालको तर्फबाट धन्यवादसहितको उक्त पोष्ट कार्ड विमानस्थलको प्रस्थान विन्दुमा वितरणको व्यवस्था मिलाउने ।

• गैरआवासीय नेपाली संघको नेतृत्वमा एक नेपाली एक विदेशी साथी नेपाल पठाउ अभियान संचालन गर्ने

• नेपालमा तथा विभिन्न देशहरुमा हिमाल आरोहीहरुको भेला, गोष्ठी सेमिनार गर्ने

• नेपाल भ्रमण वर्ष २०२० को अवसरमा हिमालको नामाकरण तथा केही हिमाललाई प्रबर्द्धन गर्न रोयल्टी छुटको व्यवस्था मिलाउने ।

• चितवनको नारायणी नदीमा सामुन्द्रिक किनारा को झल्को दिनेगरी नदी किनारामा प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रसहितको सहकार्यमा आवश्यक भौतिक पूर्वाधारको विकास गरी पर्यटकीय गतिविधि बृद्धि गर्न सम्भाव्यताको अध्ययन गरी मोडालिटी निर्धारण गर्ने ।

• चितवनको रामनगरदेखि दियालो बंगलासम्म सन्ध्याकालीन पर्यटकीय गतिविधि बृद्धि गर्न नाइट सफारी पार्क को विकास गर्न सम्भाव्यता अध्ययन गर्ने ।

• नेपाल भ्रमण वर्ष २०२० को लोगो अंकितलाई प्रिमियर लिगका क्लवहरुसंग संझौता गरी अन्तर्रा्ष्ट्रिय फूटवल मार्फत प्रबर्द्धन गर्न प्रयास गर्ने ।

• हालै मन्त्रालयद्वारा गठित कार्यदलले प्रस्तुत गर्ने प्रतिवेदनलाई समेत आधार मानी नेपाल वायुसेवा निगमलाई सार्वजनिक कम्पनीको रुपमा संचालन गर्ने लगायतको सुधारका लागि आवश्यक कानूनी सुधार गर्ने ।

• नेपाली यात्रुलाई अन्तर्रा्ष्ट्रिय मापदण्ड अनुरुपको बीमा सम्बन्धी व्यवस्था गर्नेगरी कानूनको व्यवस्था गर्ने ।

• उड्डयन क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न अन्तर्रा्ष्ट्रिय स्तरको फ्लाइङ स्कुल सञ्चालन संभाव्यताको अध्ययन गर्ने ।

• सबै प्रदेशका राजधानी जोडिनेगरी अन्तर प्रदेश हवाइ सेवा विस्तार गर्न प्रोत्साहन गर्ने ।

• गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण काम सन् २०१९ को डिसेम्बरसम्म सम्पन्न गर्ने अर्को ३ महिनाभित्र परीक्षण उडान गरी व्यवसायिक उडानको पूर्वतयारी गर्ने ।

• निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल (बारा) को निर्माण कार्यमा शिघ्रताको लागि लगानी बोर्डसंग छलफल गरी लगानीको मोडाटिली तयार गर्ने । टांगिया बस्ती व्यवस्थापनको मोडालिटी स्पष्ट गर्ने । वृक्षारोपणको लागि क्षेत्र पहिचान गर्ने ।

• पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थलको हालको निर्माण गति कायम राख्दै निर्धा्रित समयअघि नै सम्पन्न गर्ने व्यवस्था मिलाउने ।

• सवै प्रदेश राजधानीका विमानस्थलहरुलाई कम्तिमा ७० सिट भन्दा माथिका जहाज उडान तथा अवतरण हुन सक्नेगरी स्तरोन्नति र विस्तार गर्ने । यसका लागि सुर्खेत विमानस्थलको विस्तार कार्य शुरु गर्ने । साथै, पर्यटकीय दृष्टीले महत्वपूर्ण भरतपुर विमानस्थलको समेत विस्तार कार्य अघि बढाउने ।

• प्रयोगमा नआएका विमानस्थललाई एयर स्पोर्टस एक्टिभिटी सेन्टरका रुपमा विकास गर्न आश्य पत्र माग गर्ने।

• त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको एयर ट्राफिक व्यवस्थापन गर्न काठमाडौं नजिकको (रामेछाप) विमानस्थलको स्तरोन्नती गर्ने ।

• काठमाण्डौबाट प्रमुख आन्तरिक एयरपोर्टमा जाने साना जहाजहरुको उडान निरुत्साहन गर्दै जाने । साथै, काठमाण्डौ बाहिरका विमानस्थलबाट दुर्गम क्षेत्रहरुमा हुने उडानलाई प्रोत्साहन गर्ने ।

• आन्तरिक उडानमा रेडुयल उडानलाई अनिवार्य उडान गर्ने व्यवस्था मिलाउने ।

• तीनकुनेदेखि गौशालासम्मको सडकलाई दुवैतर्फ संचालनको आवश्यक मापदण्ड बनाउने तथा सुसजित गर्ने कार्यको शुरुवात गर्ने ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

• विमानस्थललाई बुटिक अवधारणा अनुरुप रुपान्तरण गर्न तोकिएका कार्यहरु समयमै सम्पन्न गर्ने ।

• विमानस्थलमा ब्यागेज क्लियरेन्सको कार्य ३० मिनेट भित्र सम्पन्न हुने व्यवस्था मिलाउने ।

• विमानस्थल २४ सै घण्टा सञ्चालनयोग्य बनाउने ।

• बायोमेट्रिक यात्रुजाँच प्रविधि र अनलाइन भिषा र इ–पेमेन्टको प्रबन्ध मिलाउने ।

• अध्यागमन सेवा, यात्रु लगेज सेवा र विश्रामस्थल लगायतका महत्वपूर्ण स्थानहरुको सी सी क्यामरा मार्फत प्रत्यक्ष निगरानी गर्ने र तत्काल पृष्ठपोषण र सुधार गर्ने प्रणाली विकास गर्ने ।

• सेवाको गुणस्तरको मान्यता प्राप्त अन्तर्राष्ट्रिय संस्था एआसी बल्र्ड बाट ग्रेडिङ गर्ने ।

• विमानस्थलबाट संचालन हुने पर्यटकीय सवारी साधनमा जीपीएस प्रणाली राख्ने व्यवस्था मिलाउने ।

• पर्यटकीय ट्याक्सी चालकलाई निर्धारित पोशाक र व्यवहारगत तालिम दिने ।

• डिजिटल प्रविधि समेतबाट पृष्ठपोषण लिने व्यवस्था गरी निरन्तर विश्लेषण तथा आवश्यक सुधार गर्ने ।

• ट्रान्जिट यात्रुका लागि सुविधा सम्पन्न लाउन्ज व्यवस्था गर्ने ।

• साझा यातायात एवम् पर्यटक यातायात संस्थाहरुसंगको छलफल एवं सहकार्यमा विमानस्थलबाट शहरका विभिन्न पर्यटकीय क्षेत्रमा सटल बस सञ्चालन गर्ने व्यवस्था मिलाउन सम्भाव्यताको अध्ययन गर्ने ।

• त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा रहेको इन्धन भण्डारणलाई भूमिगत गर्न नेपाल आयल निगमलाई अनुरोध गर्ने र यसका लागि आवश्यक जमिननको प्रवन्ध नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने ।

नेपाल वायुसेवा निगमको सुधार

• निगमको समग्र व्यवस्थापन सुधार कार्यलाई तीब्रता दिने ।

• निगमको वाइडबडी रियाद र गोन्जाउ उडान गर्ने ।

• सबै विमानहरु सञ्चालनमा ल्याउने ।

• सबै प्रकारका टिकटलाई अनलाइन बिक्रीमा लैजाने व्यवस्था मिलाउने ।

• निगमबाट सञ्चालित विमानस्थलको ग्राउण्ड ह्याण्डलिङलाई थप व्यवस्थित र प्रभावकारी बनाउने ।

• विमानस्थल भित्र यात्रुहरुलाई ५ वटा नयाँ बसबाट सेवा दिने ।

• निगमको टिकट रद्दपछिको रिफण्ड प्रकृयालाई सरलीकृत गर्ने ।

• उडान रद्द र ढिलाइको जानकारी विमानस्थलमा यात्रु पुग्नुपर्ने समयको कम्तिमा २ घण्टा अगाडि यात्रुलाई सूचना दिने ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily