+
Search

ताजा अपडेट +

पपुलर +

दूरसञ्चार प्राधिकरणकाे अनुराेध ‘आफ्नो नाममा रहेको सिमकार्ड मात्रै चलाउनु’

4KNationalDaily
२०७६ भाद्र ९, सोमबार १२:५४ बजे

काठमाडाैं- नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो नाममा रहेको सिमकार्ड मात्रै चलाउन प्रयोगकर्तासँग अनुरोध गरेको छ ।

सरकारले विद्युतीय प्रणालीमार्फत नागरिकलाई सरकारी सेवा प्रवाह गर्ने उद्देश्यले नागरिक एप्स बनाइरहेको छ ।

नागरिक एप्समा मोबाइल नम्बर पनि लिंक गरेर सबै सूचना र जानकारी राखिने भएकाले आफ्नो नाममा रहेको सिमकार्ड मात्रै प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको हो ।

यदि कसैको नाममा रहेको सिमकार्ड प्रयोग गरेको भए आफ्नो नाममा रजिष्ट्रेसन गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

उपभोक्ताले प्रयोग गर्ने मोवाइल नम्बरलाई नागरिकको पहिचानको माध्यम बनाउँदा सरल र सहज हुने भएकाले आफ्नो नाममा रहेको सिमकार्ड मात्रै चलाउन र अरुको नाममा रहेको भए आफ्नो नाममा बनाउन अनुरोध गरिएको दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily