+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखा सन्देश दाेस्राे बर्षमा

4KNationalDaily
२०७६ भाद्र ८, आईतवार ०८:४० बजे

गाेरखा- गाेरखा सन्देश डटकम दाेस्राे बर्षमा प्रवेश गरेकाे छ । गाेरखा सन्देश मिडिया प्रालिद्वारा प्रकाशित गाेरखा सन्देशले विभिन्न कालखण्ड पार गर्दै दाेस्राे बर्षमा प्रवेश गरेकाे छ ।

विभिन्न खालका चासो र सरोकारका विषयलाई समेट्दै अाएकाे गाेरखा सन्देशले प्रवासका विभिन्न खालका समस्या देखि बिशेष गरी गाेरखाका बिषय वस्तुलाई सरल र सहज तरिकाले पस्कन सफल भयाे ।

अनलाइनले शिक्षा, स्वास्थ्य, राजनैतिक, आर्थिक, सामाजिक तथा समसामयिक विषयबस्तुहरुलाई समेटेर सामग्रीहरु प्रस्तुत गरिरहेको छ ।
गाेरखा जिल्ला र आसपासका जिल्लाहरुलाई विशेष प्राथमिकतामा राखेर अनलाइन सञ्चालन गरिएको छ ।

अनलाइनले छोटो अवधिमा नै नेपाली जनताको मन जित्न सफल भएको छ । पत्रकारिताको आधारभूत मूल्यमान्यताको पालना गर्दै हामी अगि बढिरहेका छाैं । समाज र पत्रकारिता एक अर्काका अभिन्न अङ्ग हुन् ।

एकबर्षको यात्रामा हामीलाई हरतरहले सहयोग पुर्‍याउनुहुने सबैमा हामी हृदय देखि धन्यवाद दिन चाहन्छौ । आगामी दिनमा समेत हाम्रो व्यावसायिक पत्रकारिता गर्ने अभियानमा यहाँहरू सबैको साथ रहने विश्वास लिएका छौँ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily