काठमाडौं– नेपाल प्रहरीले विभिन्न पदका लागि ३ हजार आठ सय ३१ जनाको दरखास्त माग गरेको छ।
प्रधरी प्रधान कार्यालयको मानवश्रोत एवं भर्ना छनौट महाशाखा नक्सालले ठूलो संख्यामा दरखास्त मागेको हो।
जस अनुसार प्रहरी जवान पदमा ३ हजार पाँच सय ९६ जना मागेको छ।
१९० जना भान्छे मागेको छ भने हजाम १० जनाको माग छ। त्यस्तै कुचिकार २० जना माग्दा खेलाडी भने २५ जनाको माग छ।
प्रतिक्रिया